जनकपुरमा 'नो प्लास्टिक'
अभियानीहरुले फोहोर टिप्दै सर्बसाधारणमा जनचेतनात्मक विचार बाँडेका थिए ।

२०७६ असोज १५ बुधबार, दिउँसो ३:०२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । स्वच्छ, हरियाली र सफा जनकपुरधामको अवधारणालाई मूर्त रुप दिनको लागि अभियन्ताहरुले जनकपुरमा अब 'नो प्लास्टिक' भन्दै जनजागरण गर्दैछन् ।
सोही क्रममा स्वच्छ जनकपुरधाम महाअभियानका अभियानीहरुले प्रत्येक वर्ष २ अक्टोबरका दिन मनाइने विश्व अहिँसा दिवस तथा महात्मा गाँधी जन्म जयन्तीको अवसरमा नो प्लाष्टिक अभियानलाई निरन्तरता दिइएको छ । गाँधी जयन्तीको अवसर पारेर अभियानीहरुले सिँगल यूज प्लाष्टिक पर्यावरणको लागि हानिकारक रहेकोले यसलाई बहिष्कार गर्न चेतना जगाउने तर्फ उन्मुख भएका छन् ।

गाँधी जयन्ती र अहिँसा दिवसको अवसरमा अभियानीहरुले जनकपुरधामको रेल्वे स्टेसनमा भेला भई प्लास्टिक पोलिथिनबाट सिर्जित प्रदुषणबाट वचन एक मात्र उपाय यसको बहिष्कार गर्नु रहेको भनेर प्रकाश पारेका हुन । जनकपुरधामलाई श्वच्छ सफा राख्न र बढदो प्रदुषणबाट जोगाउन स्वच्छता अभियानीहरुले गत डेढ बर्ष देखि अनबरत रुपमा अभियान चलाइरहेको भए पनि संबंधित सरोकारवालाको मौनताले गर्दा अपेक्षित सफलता नदेखिएको गुनासो अभियानी वन प्राविधिक एवम् अभियानी सुरेश शर्माले गरे ।
उनले अबिलम्ब जनकपुरधाम उपमहानगरले र प्रदेश सरकारले ठोस कदम चाल्नुपर्ने आबश्यकता औल्याउँदै प्लाष्टिक प्रयोगले हुने भावी सन्ततीको हानी नोक्सानी बारे प्रष्ट पारेका थिए । सो अभियानमा सहाभागीहरुले बैनर र पोस्टर लिइ रेल्वे स्टेशनबाट बाटोमा पर्ने पोलिथिनजन्य फोहोर टिप्दै भानु चौक, शिव चौक, जनक चौक, राजदेबी मन्दिर, जानकी मन्दिर हुँदै जानकी चौक सम्मको फोहोर टिप्दै सर्बसाधारणमा जनचेतनात्मक विचार बाँडेका थिए ।
सो कार्यक्रममा क्लीन एण्ड ग्रीन जनकपुरका अभियानी एवम् प्रदेश साँसद रामआशिष यादव, समाजसेवी अमर चन्द्र अनिल, योग गुरु मनोहर साह, बिश्वलाल सिंह, रवि गोयन्का, वार्ड नं. १का वडाध्यक्ष शत्रुघ्न साह, शिवजी साह, अभियानी रुवी कुमारी झा, दिपक कुमार चौधरी, कृष्णचन्द्र साह, बजरंग यादव, कमला अभियानी बिक्रम यादव, शंकर चौधरी, किशन साह, दिपक साह, मनिषा यादव, रौकी प्रसाद साह, आदित्य सहनी, आशुतोष झा, मनोज दास, बैजनाथ सिंह, सुरेश साह, सुदीप मंडल, दिवाकर झा ,अजय झा, गौरव गुप्ता, जयप्रकाश झा,अमित मिश्रा लगायतको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…