जनकपुर : नक्कली हस्ताक्षर गरी पौने २ करोड बढी निकाल्ने CTEVT का कर्मचारी पक्राउ
सहायक ल्याव प्रशिक्षक पदमा करारमा कार्यरत रहेका छन् ।

२०७६ असोज १३ सोमबार, बिहान ८:४५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा सँचालित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी) बाट चेक चोरी गरी किर्ते गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला महोत्तरी गाउँपालिका महोत्तरी वडा नं. १ स्थायी ठेगाना भई हाल जिल्ला धनुषा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ मा बस्दै आएका ४२ बर्षिय प्रविण कुमार ठाकुर रहेका छन् । उनी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्रदेश कार्यालय प्रदेश नं. २ अनतर्गत संचालित वि.पि. मेमोरियल पोलिटेक्निकल इनस्टिच्यूट लक्ष्मीनिया वडा नं. ४ सपहीमा सहायक ल्याव प्रशिक्षक पदमा करारमा कार्यरत रहेका छन् ।
ठाकुरले बिभिन्न मितिमा सिटिईभिटीको कार्यालयको चेकहरु चोरी गरी कार्यालयका लेखापाल सन्तोष कुमार यादवको सही किर्ते गरी छुट्टा छुट्टै व्यक्तिहरुको नाममा चेक काटी बिभिन्न बैंकहरुबाट बिभिन्न मितिमा ६२ लाख ५६ हजार ९ सय रुपैयाँ निकालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । यसका साथै ठाकुरल जनकपुरको रामानन्दचोक मा संचालित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्रदेश कार्यालय प्रदेश नं. २ को कार्यालयबाट समेत कार्यालयको चेकहरु चोरी गरी कार्यालयका लेखापाल ब्रहमदेव ठाकुरको समेत सही किर्ते गरी छुट्टा छुट्टै व्यक्तिहरुको नाममा चेक काटी बिभिन्न बैंकहरुबाट बिभिन्न मितिमा १ करोड १५ लाख ४५ हजार समेत गरी जम्मा १ करोड ७८ लाख एक हजार ९ सय झिकी फरार भएका थिए ।
सिटिईभिटी जनकपुरका पदाधिकारीहरुले गत साउन १४ गते जिल्ला प्रहरी कार्यालय धनुषामा लिखित जाहेरी दिएपछि अनुसन्धानको क्रममा खोजी गर्दै जाँदा उनलाई आईतबार पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जल्ला प्रहरी कार्यालय धनुषाबाट खटि गएको विशेष टोलीले जिल्ला धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नं. ३ तुलसियाहीमा लुकी छीपी भारतबाट आइरहेको अवस्थामा घेरा हाली पक्राउ गरेको ।
उनी उपर मितिमा चोरी तथा लिखत सम्बन्धी कसुर मुद्दामा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…