
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
—राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, १९ पुस : पुनर्वास नगरपालिका–८ मोतियाफाँटाका सुकुम्वासी परिवार कष्टकर जीवन बिताउन बाध्य छन् । करिब डेढ बिगाहा क्षेत्रफलमा १७६ घरधुरी सुकुम्वासी परिवार बसोबास गर्दै आएको मोतियाफाँटामा सडक, विद्युत्, खानेपानी, स्वास्थ्यलगायतका आधारभूत सेवा सुविधा पुग्न सकेका छैनन् । गणत

२०७४ पुस १९ बुधबार, बिहान ९:४९ बजे२ मिनेट पढाइ
—राजेन्द्रप्रसाद पनेरु
कञ्चनपुर, १९ पुस : पुनर्वास नगरपालिका–८ मोतियाफाँटाका सुकुम्वासी परिवार कष्टकर जीवन बिताउन बाध्य छन् ।
करिब डेढ बिगाहा क्षेत्रफलमा १७६ घरधुरी सुकुम्वासी परिवार बसोबास गर्दै आएको मोतियाफाँटामा सडक, विद्युत्, खानेपानी, स्वास्थ्यलगायतका आधारभूत सेवा सुविधा पुग्न सकेका छैनन् ।
गणतन्त्र आएर जनप्रतिनिधि चुनिएर कार्य क्षेत्रमा खटिँदासमेत पुरानै अवस्थामा बाँच्नु परेको गंगे सुनारले बताउनुभयो । नगरपालिकामा जनप्रतिनिधि आएपनि गाउँमा अहिलेसम्म कुनै पनि विकासका कार्यक्रम पुग्न नसकेको उहाँले बताउनुभयो ।
विसं २०७२ असारमा पुनर्वास नगरपालिका खुला दिसामुक्त नगर घोषणा भयो तर मोतिया गाउँको आधाभन्दा बढी बस्तीमा शौचालय नै छैन ।
एकसय ७६ घरधुरीमध्ये १०० घर परिवारले आर्थिक अभावले शौचालय बनाउन सकेका छैनन् । मोतियाफाँटामा अहिलेसम्म नत बिजुली बत्ती पुग्न सकेको छ न पर्याप्त खानेपानीको धारा नै छ, जग्गाको अभावमा शौचालय बनाउने ठाउँ पनि नरहेको स्थानीय बासिन्दा बताउँछन् ।
जीविकोपार्जनका लागि अधिकांश बासिन्दा भारततिर जान्छन् भने कतिपय गाउँमै ज्याला मजदुरी गर्छन् । “नेपाल भारत सीमादेखि करिब २०० मिटरको दूरीमा रहेको मोतियामा राज्यले त ठग्यो नै भारतीय दुधवा नेशनल पार्कबाट वर्षेनी आउने जंगली हात्तीले घर भत्काइदिने, थोरै जग्गामा लगाएका बालीनाली तहसनहस पारिदिने गरेकाले झनै समस्या सिर्जना हुँदै आएको छ” समाजसेवी लहविर सुनारले भन्नुभयो ।
करिब ८० प्रतिशत दलित परिवार बसोबास गर्ने मोतियावासीले आफ्नै पहलमा सञ्चालन गरेको स्थानीय नवदुर्गा आधारभूत विद्यालयसमेत चन्दा संकलनबाट सञ्चालन हुँदै आएको छ ।
आधारभूत तहसम्म पढाइ हुने नवदुर्गामा दुईजना अस्थायी दरबन्दी एकजना राहत र एकजना निजी गरी चारजना शिक्षकले विद्यालय सञ्चालन गरेका छन् । “चुनावमा धेरैले आशा देखाए, चुनाव जितेपछि पनि बस्तीका आधारभूत समस्या समाधान गर्न चासो देखाइएको छैन” स्थानीय वीरे बुढाले भन्नुभयो ।
बस्ने बासभन्दा बस्तीका अरु कुनै सुविधा प्राप्त नभएकाले कष्टकर जीवन बिताउँदै आएको दुखेसो सोना मिजारले पोख्नुभयो । घनाबस्तीका कारण गाउँमा अहिलेसम्म तीनपटकसम्म आगलागी हुँदा बस्ने घर र घरभित्र राखिएको सम्पत्ति जलेर नष्ट भएको उहाँले बताउनुभयो । आगलागीबाट पीडित बन्दासमेत सोधखबर लिनसमेत कोही बस्तीमा नपुगेको उहाँले बताउनुभयो ।
स्थानीय जनजागरण सामुदायिक वनमा सदस्य भएकाले बेलाबेलामा घर निर्माणका लागि केही काठ भने बस्तीका बासिन्दाले पाउने गरेका छन् । समस्याले जेलिएको मोतियाफाँटाका बासिन्दाले आफ्नो गाउँठाउँमा पनि विकास हेर्न चाहेका छन् ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
एजेन्सी
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
कार्तिक २०८३
आइतबार · चतुर्दशी

आइतबार · चतुर्दशी
दिपावली | लक्ष्मी पूजा, दियावाती, कुकुर तिहार, नरक चतुर्दशी
कुकुर तिहार, जसलाई नरक चतुर्दशी पनि भनिन्छ, नेपालमा मनाउने एक विशेष पर्व हो। यो दिन कुकुरलाई पूजा गरिन्छ र तिनीहरूको साथको महत्त्वलाई सम्मान गरिन्छ। कुकुरलाई मालिस र प्रिय खानेकुरा दिएर उनीहरूको सेवाको सराहना गरिन्छ। यो पर्व नरक चतुर्दशीसँग सम्बन्धित रहेकोले, दिनभर विशेष धार्मिक क्रियाकलापहरू पनि गरिन्छ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
Advertisement
विज्ञापन गर्नुहोस्
५ लाख+ पाठकसम्म पुग्नुहोस्
२०८३ कार्तिक २२ आइतबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आर्थिक कारोबारमा स्पष्टता राख्दा फाइदा हुनेछ। विद्यार्थीले लेखन र प्रस्तुतिमा राम्रो प्रदर्शन गर्नेछन्। रिसमा बोलेका शब्दले नजिकको सम्बन्ध बिगार्न नदिनुहोस्। आजको शुभ रंग नीलो हो भने शुभ अंक ३ रहेको छ।
व्यङ्ग्यात्मक कार्टुन
NB · २०८३ कार्तिक १४ शनिबार
ओ ब्रो !
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…