तीन दिनसम्म देशको धेरै ठाउँमा पानी पर्छ : मौसम विभाग
मौसमविद् अर्यालका अनुसार तीन दिनसम्म देशका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ ।

२०७६ असोज ९ बिहीबार, दिउँसो १२:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । अबको तीन दिन देशभर मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।
बाहिरबाट आएको जलवाष्पयुक्त हावा र नेपालमै बनेको स्थानीय वायुको प्रभावले अझै तीन दिन देशका धेरै ठाउँमा पानी पर्ने देखिएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए । मनसुनी न्यूनचापीय रेखा (मनसुनी समयमा वर्षा गराउने प्रणाली) औसत स्थानमै रहेकोले पानी पर्ने उनले बताए ।
नेपालको मध्य तथा पूर्वी भूभागमा जलवाष्पयुक्त वायुको प्रभाव देखिएकाले मनसुनी गतिविधि बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् अर्यालका अनुसार तीन दिनसम्म देशका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…