पिकप र बस एक आपसमा ठोकिदा ६ जना घाइते
यता, दुर्घटनामा परी घाईते भएका अन्य यात्रुहरु भने समान्य उपचारपछि घर फर्केको जनाइएको छ ।

२०७६ असोज ८ बुधबार, बेलुकी ५:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, विराटनगर । पूर्व पश्चिम राजमार्गमा पिकअप र बस एक आपसमा ठोक्किदा ६ जना घाईते भएका छन ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत मोरङको पथरी सनिच्चरे नगरपालिका वडा नं. १ स्थित जयचोकमा यात्रुवाहक बस र पिकप ठोकिएर दुर्घटना हुँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ । तीव्र गतिमा रहेको बस र पिकअप एक आपसमा ठोक्किदा दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ ।
धाइते हुने को पथरी हस्पिटल मा र लाइफ लाई हस्पिटल दमक र बिराट नर्सिङ होम बिराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ । घाईतेहरुमा पिकअप चालक झापाका अन्दाजी २० बर्षिय केबल कुमार र पिकअपकै सहचालक मनिष दर्जी भने गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । मनिष र केवलको उपचार अहिले विराटनगरको न्यूरो हस्पिटलमा भईरहेको जनाइएको छ । उनीहरुको टाउकोमा गम्भिर चोट लागेको जनाइएको छ ।
यता, दुर्घटनामा परी घाईते भएका अन्य यात्रुहरु भने समान्य उपचारपछि घर फर्केको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…