सिरहामा बैंकबाट ह्याकरले लुटे २ करोड !
तर, कृषि विकास बैंकमा भने योभन्दा पनि फरक तरिकाले रकम चोरी भएको बताइएको छ ।

२०७६ असोज ८ बुधबार, बिहान ९:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा ह्याकरले कृषि विकास बैंकको करिब २ करोड रुपैयाँ लुटेका छन् ।
बैंकको सिरहा शाखाबाट काठमाडौंमा ट्रान्सफर गरिएको उक्त रकम ह्याकरले सिस्टम ह्याक गरि लुटेका हुन् । ह्याक गरिएको उक्त रकम काठमाडौंबाट निकाल्न लाग्दा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई मंगलबार दिउँसो ह्याक गरी लुटिएको रकम निकाल्दा(निकाल्दै प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेकाहरुको नाम गोप्य राखेको छ भने कसरी ह्याक गरी रकम निकालियोे भन्नेबारे पनि केही बताएको छैन ।
पक्राउ परेका व्यक्ति नेपाली नै हुन् वा विदेशी नागरिक हुन् भन्नेबारे पनि प्रहरीले केही खुलाएको छैन । प्रहरीले यसबारे बैंकका कर्मचारीसहितको सहयोगमा अनुसन्धान सुरु गरेको छ ।
यसअघि एटीएम र स्विफ्ट ह्याक गरी विदेशी नागरिकले झण्डै २ करोड रकम चोरी गरेका थिए । तर, कृषि विकास बैंकमा भने योभन्दा पनि फरक तरिकाले रकम चोरी भएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…