अब 'मृत्यूभोज' भन्दा पनि वृक्षारोपन गर्ने नीति ल्याउँदैछौं : कान्छो मेयर
नगरलाई हरियालीयुक्त बनाउन पर्यावरण संरक्षणका लागि नमूना कामको शुरूवात भएको मेयर बरबरियाले बताए।

२०७६ असोज ७ मंगलबार, बिहान ११:१७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले नेकपाका एक नेताको मृत्यूपछि उनको १३ औं पुण्यतिथिमा वृक्षारोपण गरेका छन् ।
शहिदनगर नगरपालिकाको वडा नं. ८ बिसरभोराका रामचन्द्र दासको भदौ २५ गते असायमिक निधनको १३ औं पुन्यतिथी सहित उनको सम्झनामा पहिलो पटक बृक्षारोपन गरि नयाँ अभियानको थालनी गरिएको बताइएको छ । वृक्षारोपन गर्दै उनले नेकपाका पार्टीका एक सच्चा ईमानदार व्यक्ति पार्टीले गुमाएको भन्दै दुःख समेत प्रकट गरे । उनले भने, - "दास पार्टीप्रति वफादार लगनशील भएर काम गर्दै आएका थिए । हरेक पार्टीका कार्यक्रमहरुमा उहाको उपस्थिति अनिवार्य जनाउदै आएका थिए ।"
नेकपा पार्टी शहिदनगर नगरपालिका र मेयर बरबरियाको पहलमा सामुहिक भोजको व्यवस्थापन गरिएको थियो । समाजिक परम्परा अनुसार मृत्यूभोजको समेत आयोजना गरेको बताउँदै उनले अबदेखि मृत्यूभोज भन्दा पनि वृक्षारोपन गरी भावी सन्ततीको लागि नयाँ आयाम थप्नुपर्ने बताए । उनले भने, - "गरिब परिवारले मृत्यूभोजकै चपेटमा परेर झन गरिबीको रेखामुनीबाट माथि उम्कन पाउँदैन, यहाँसम्म की मृत्यूभोजकै कारण पनि एक मध्यम वर्गीय परिवारले गरिबीको रेखामुनी जान बाध्य हुन्छन् । समाजको लागि तत्कालै मैले आफ्नो तर्फबाट सामुहिक सानो भोजको आयोजना गरिदिएपनि अबदेखि यस्ता कार्य भन्दा पनि पर्यावरण बचाउनको लागि भूमिका निर्वाह गर्न कानुन बनाउन प्रयास गर्नेछौं ।"

सोमबार दासको सम्झनामा शहिदनगर नगरपालिकाका वडा नं. ८ डुमरिया चौक देखि बिसरभोरा गाउँ सम्म बृक्षारोपन गरिएको हो । मेयर बरबरियाले रामचन्द्र दास प्रति श्रद्धाञ्जली दिदै शोक सन्तप्त परिवारजनलाई धैर्य धारण परिवारसँग केही समय विताएका थिए । साथै उनकै सम्झनामा प्रथम पटक नव कार्य थालनी गरेको बताउँदै यस्ता अभियानलाई अब निरन्तरता दिने प्रतिवद्धता पनि जनाए ।
भावी सन्ततीको लागि पर्यावरणलाई खयाल नगरे केही दिनमै पानीको लागि युद्ध हुने जनाउँदै उनले चुरे क्षेत्र विनासले परेको असरलाई न्यून गर्न तथा साबिककै प्राकृतिक आकारमा लैजानको लागि वृक्षारोपण अनिवार्य भएको उल्लेख गरे । शहिदनगर नगरपालिका सहित अन्य खाली ठाउँमा पनि बन्जर भन्दा वृक्षारोपण गरी बचाउन सके पर्यावरणले विनासकारी तत्वबाट जोगाउने उनले थपे । नगरलाई हरियालीयुक्त बनाउन पर्यावरण संरक्षणका लागि नमूना कामको शुरूवात भएको मेयर बरबरियाले बताए।

कमला बचाउ अभियानका अगुवा एवम् सँस्थापक तथा पर्यावरण अभियानी विक्रम यादव सहित शहिदनगर नगरपालिकाकी उप मेयर शिला देवि कापर, वडा नं. ८ का वडा अध्यक्ष तनुकलान कुसियैत, वडा नं. २ का वडा अध्यक्ष जैसीलाल भिनवार, वडा नं. ९ का वडा अध्यक्ष रामदेव मरिक,वडा नं. ६ का वडा अध्यक्ष रामएकवाल मण्डल पोषण प्रमुख रुपेश बिराजी, पत्रकार नरेशचन्द्र बरबरिया लगायत स्थानीय युवाहरुको सक्रिय सहभागी रहेको थियो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…