महोत्तरी आएर गगन थापाले भने : 'संविधान संशोधन आवश्यक छ'
उपेन्द्र यादवले संशोधनको मुद्दा लिएर सरकारमा गए पनि चुपचाप बसी जनतालाई भ्रममा राखेको आरोप लगाए ।

२०७६ असोज ६ सोमबार, बिहान ११:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । नेपाली कांगेसका नेता गगनकुमार थापाले आफ्नो पार्टीले संविधान रक्षार्थ संविधानलाई संशोधन गरी सर्वस्वीकार्य बनाउन चाहेको बताएका छन् ।
महोत्तरीको सम्सी गाउँपालिका–२ पर्सा बजारमा आज आयोजित कांग्रसको राष्ट्रिय जागरण अभियानअन्र्तगत कार्यकर्ता भेटघाट तथा अन्तरक्रियामा उनले संविधान निर्माणका क्रममा तत्कालीन समयमा देखिएका केही कमजोरीलाई संशोधन गरी सबैको हितका लागि आफ्नो दलले संविधान संशोधन गर्न चाहेको बताए ।
मधेशी, जनजातिलगायत असन्तुष्ट पक्षको विचार समेटेर संविधान संशोधन गर्न बारम्बार दवाब दिँदासमेत सत्तापक्षका कारण संशोधन हुन नसकेको नेता थापाले आरोप लगाए ।
सांसद थापाले संविधान जारी हुने समयमा विरोध गर्ने तत्कालीन संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संशोधनको मुद्दा लिएर सरकारमा गए पनि चुपचाप बसी जनतालाई भ्रममा राखेको आरोप लगाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…