शहिद सूर्यनाथ रानको सपना पूरा गर्न शहिदनगर समृद्ध बनाउनुपर्छ : मन्त्री पोखरेल
शहिद सूर्यनाथ रानको सपना भनेको उनको क्षेत्रको जनताले गुलामीमुक्त र स्वतन्त्रताको अभास पनि रहेको जीकिर

२०७६ असोज ५ आइतबार, बेलुकी ६:०० बजे२ मिनेट पढाइ

न्यूज ब्युरो, जनकपुरधाम । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शहिद सूर्यनाथ रानको सपना पुरा गर्न शहिदनगर नगरपालिकालाई समृद्ध बनाउनुपर्ने बताएका छन् ।
महान शहिद सूर्यनाथ रानको ३४ औं स्मृतिसभालाई शनिबार धनुषाको डुमरियामा सम्बोधन गर्दै मन्त्री पोखरेलले शहिद रानले देखेको सपना उनको आफ्नो क्षेत्र समृद्धिको मार्गलाई शहिदनगरबाट विजारोपण गर्नुपर्ने धारणा राखे । जनयुद्धकालमा गणतन्त्र ल्याउन आफ्नो ज्यानको आहुति दिएका शहिद सूर्यनाथ रानको सपना भनेको उनको क्षेत्रको जनताले गुलामीमुक्त र स्वतन्त्रताको अभास पनि रहेको जीकिर गरे ।
शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियालाई शहिद रानको सपना पूरा गर्न नगरपालिकाको समृद्धिको लागि चालेको कदमलाई सराहना गर्दै देशको उन्नतिको लागि शहिद रानले देखेको सपना पूरा गर्ने जिम्मेवारी उनलाई थुपारिएको औल्याए । उनले भने, - "देश र जनताको लागि आफ्नो ज्यानको आहुति दिएका महान शहिद सूर्यनाथ रानको शहादले धेरै परिवर्तन ल्याएको छ, शहिदनगर नगरपालिकालाई हामीले समृद्ध गर्न सक्यौ भने उनको नजिकको सपना पूरा हुन सक्छ, यसमा सबैले आ आफ्नो तवरबाट सहयोग गरिदिनुपर्छ ।"

एक अर्को प्रसँगमा बोल्दै मन्त्री पोखरेलले शहिद सूर्यनाथ रानको नाममा निर्मित १५ सैयाको अस्पताल चाँडै नै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट उदघाटन गराउने उदघोष समेत गरे । सहिद रानको देन र योग्दान यहाँका जनताको लागि अविस्मरणीय रहेको बताउँदै उनले उनको नामको अस्पताल धरोहरको रुपमा पनि स्थापित हुनपर्ने धारणा व्यक्त गरे । शहिदनगर नगरपालिकाको लागि प्राविधिक शिक्षा तर्फ ५२ लाख रुपैयाँ योग्दान दिएर बाली विज्ञान तथा सिभिल ईन्जियरिँग सँचालनमा ल्याएको जनाउँदै उनले समृद्धितर्फका बाटो खुकुलो बनाएको जीकिर गरे ।
नेपाल कम्युनिषट पार्टी प्रदेश नं २ को आयोजना मा प्रदेश नं २ को सह इंचार्ज विश्वनाथ साहको अध्यक्षता तथा नेकपाका स्थाई कमिटी सदस्य एवम संघीय सरकारका शिक्षा तथा विज्ञान प्रबिधि मंत्री पोखरेलकै प्रमुख आतिथ्यमा सम्पन्न ३४ औं स्मृतिसभामा नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले स्वागत मनतव्य राखेका थिए । सहिद सूर्यनाथ रानको शालिकमा मन्त्री पोखरेल सहित नेकपाका वरिष्ठ नेताहरुले समेत माल्यार्पण गरेका थिए ।
नेकपा पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला इंचार्ज श्रवण बरबरिया यादव सहित पार्टी केन्द्रीय सदस्य योगनारायण यादव , रत्नेशवोर लाल गोइत, रामकुमार यादव , अविनाश साह, रामचन्द्र मण्डल, पार्टीको प्रदेश कमिटी सदस्यहरु , जिल्ला कमिटी सदस्यहरु लगायत विभन नेता तथा कार्यकर्ताहरुले सम्बोधन गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…