धनुषामा हातहतियार सहित ४ पक्राउ !
हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

२०७६ असोज ५ आइतबार, बेलुकी ५:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले हातहतियार सहित धनुषाबाट चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
धनुषाको विदेह नगरपालिका वडा नं. ६ बस्ने स्थानीय अविनाश मण्डल नामक युवकले घरमा हातहतियार राखेको सुराकीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । विशेष सुचनाको आधारमा मण्डलको घरमा खानतलासी गर्दा हातहतियार फेला परेको बताइएको छ । ईलाका प्रहरी कार्यालय औरही र प्रहरी चौकी गिद्दाबाट खटि गएको टोलीले रितपूर्वक उनको घरमा खानतलासी गर्दा एक थान कटुवा पेस्तोल बरामद भएको जनाइएको छ ।
सो घटनामा विदेह नगरपालिका वडा नं. ६ कै बर्ष २१ का लक्ष्मी मण्डल, सिरहाको औरही नगरपालिका वडा नं. ६ लरहिया बस्ने अन्दाजी बर्ष ३५ का मिश्री लाल मण्डल र त्यही बस्ने बर्ष १९ का सोबिन मण्डललाई समेत पक्राउ गरिएको जनाइएको छ । उनीहरुलाई पक्राउ गरी हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…