शहिदनगरमा शहिद मुरबलको स्मृतिसँगै संविधान दिवस
संविधानको बुंदाहरु सर्वमान्य हुने गरी आसा गर्दै उनले संविधान दिवस मनाएको बताए ।

२०७६ असोज ३ शुक्रबार, राति ९:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको शहिदनगरमा शहिद रामनारायण मण्डल (मुरबल) को २३ औं स्मृति दिवस मनाइएको छ ।
नेपाल कम्युनिष्ट पार्टीबाट सहादत दिएका धनुषा शहिदनगर नगरपालिका वडा नं. ६ हडबाराका शहिद मुरबलको स्मृति दिवस जिल्ला पार्टी कार्यालय धनुषाको आयोजनामा मनाइएको हो । नेकपाका जिल्ला अध्यक्ष राजकिशोर यादवको अध्यक्षता तथा नेकपामा केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज श्रवण कुमार बरबरिया यादवको प्रमुख आतिथ्यमा एक समारोहबीच २३ औं स्मृति दिवस मनाएको हो ।
स्मृति दिवसको अवसरमा नेकपाका पार्टी केन्द्रीय सदस्य रामचन्द्र झा, रत्नेशवोर लाल गोइत, यदुबंश झा, सुधीर साह सहित पार्टीको प्रदेश कमिटी सदस्यहरु , जिल्ला कमिटी सदस्यहरु लगायत विभिन्न नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा भव्य रुपमा शहिद मण्डलको स्मृति दिवस मनाएको हो । नेकपाका जिल्ला पार्टी सचिव दिपक यादवले सँचालन गरेको स्मृति सभा कार्यक्रममा नेकपाका नेताहरुले शहिद मण्डलको सहादतबारे प्रकाश पारेका थिए ।

यसका साथै संविधान दिवसको अवसर पारेर नगरपालिकाको कार्यालय शहिदनगरले दिपावली समेत मनाएको छ । नेपालको संविधान २०७२ को असोज ३ गते ४ वर्ष पुरा भएको अवसरमा संविधान दिवस मनाएको हो । सो कार्यक्रममा नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले दीप प्रज्वलन गरी संविधान दिवसको अवसरमा दिपावली गरेका हुन् । सबै पक्षको मनोभाव र अधिकार समेटने गरी संविधानको बुंदाहरु सर्वमान्य हुने गरी आसा गर्दै उनले संविधान दिवस मनाएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…