नेकपा नेता रावलको अभिव्यक्ति : 'संविधान दिवसलाई कालो दिन भन्नेको मन पनि कालै छ'
विदेशीलाई नेपालमा ल्याएर नेपालीलाई अल्मल्याउने षडयन्त्र भइरहेको उनको भनाई छ ।

२०७६ असोज ३ शुक्रबार, बिहान ९:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले वर्तमान लोकतान्त्रिक संविधान जारी भएको दिनलाई कालो दिन भन्नेको मन कालै भएको बताएका छन् ।
राष्ट्रिय पोशाक संरक्षण महाअभियान जिल्ला कमिटीद्वारा संविधान दिवसको अवसरमा आज बनेपामा आयोजित ‘औपचारिक राष्ट्रिय पोशाक घोषणामा आम नागरिकको भूमिका’ विषयक विचार गोष्ठीमा नेता रावलले नागरिकतासम्बन्धी अन्तरिम संविधानको कुरा उठाउने र प्रतिनिधिसभा राज्य व्यवस्था समितिमा २०६३ सालको अन्तरिम विधेयकअनुसार दिनुपर्ने भन्नेले वर्तमान संविधान जारी भएको दिनलाई कालो दिन भनेको बताए ।
उनले नेपाली काङ्ग्रेसले पनि तत्कालीन अन्तरिम संविधानअनुसार जारी विधेयकबाट नागरिकता दिनुपर्ने कुरा नाजायज भएको बताए । विदेशीलाई नेपालमा ल्याएर नेपालीलाई अल्मल्याउने षडयन्त्र भइरहेको उनको भनाई छ ।
नेता रावलले आफू गृहमन्त्री हुँदा नेपाल र नेपालीको पहिचान बोकेको दौरा सुरुवाल र गुन्यू चोलीलाई पुनः राष्ट्रिय पोशाकको रुपमा पुनःस्थापित गर्ने निर्णयलाई तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उल्ट्याएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…