चिसोका कारण तराईका जनजीवन प्रभावित
जनकपुरधाम, १६ पुस । विगत केही दिनयता बढेको कठ्याङ्ग्रिने चिसोका कारण तराईका विभिन्न जिल्लाहरुको जनजीवनमा प्रत्यक्ष असर परेको छ । घाम नलागेर चिसो बतास चलेपछि निम्न आयस्रोत भएको र विपन्न मजदुर वर्ग बढी प्रभावित भएका छन् । चिसोका कारण विपन्न र गरिब परिवार दिनभरि नै आगो तापेर बस्न बाध्य भएका छन् भने किस

२०७४ पुस १६ आइतबार, बिहान ९:४५ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १६ पुस । विगत केही दिनयता बढेको कठ्याङ्ग्रिने चिसोका कारण तराईका विभिन्न जिल्लाहरुको जनजीवनमा प्रत्यक्ष असर परेको छ । घाम नलागेर चिसो बतास चलेपछि निम्न आयस्रोत भएको र विपन्न मजदुर वर्ग बढी प्रभावित भएका छन् ।
चिसोका कारण विपन्न र गरिब परिवार दिनभरि नै आगो तापेर बस्न बाध्य भएका छन् भने किसान चिसोका कारण खेतमा काम गर्न जान नसकेको अवस्था देखिएको छ ।
चिसो र शीतलहर बढेको हुँदा तरकारीखेती पनि प्रभावित भएको किसानले दुखेसो व्यक्त गरेका छन् । आलु गोलभेँडा लगायतका तरकारीमा डडुवा रोग लागेर तरकारी बाली नष्ट हुन लागेका छन् भने गरीब र असहायका बालबालिकाहरु बोराको सहारामा जाडो छल्न बाध्य भएका छन्।
चिसोले गर्दा बढी वृद्धवृद्धा र बालबालिका प्रभावित भएको अवस्था छ ।
चिसोले स्कुले बालबालिकाको विद्यालय जाने संख्या कम भइरहेको छ ।
जाडोको अवस्था यस्तै रहे केही दिनको लागि समुदायिक विद्यालय सहित शैक्षिक क्षेत्रमा जाडो विदा दिने योजना रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…