उपभोक्ता समिति बारे सपोर्ट नेपालको गोष्ठी
कार्यक्रममा उपभोक्ता समिती गठन गर्ने सम्बन्धि जानकारी गराएका थिए ।

२०७६ असोज १ बुधबार, राति १०:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महेन्द्रनगर । समाजिक सँस्था सपोर्ट नेपाल धनुषा शाखाले उपभोक्ता समिति गठन र कार्यन्वयन प्रक्रियाबारे गोष्ठी गरेको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा उपभोक्ता समिती गठन तथा परिचालन कार्यबिधी कार्यन्यवयन सम्बन्धि वडा सचिवहरु सङ्ग कार्यशाला बैठक सम्पन्न गरेको हो । क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पन्जियारको अध्यक्षतामा सम्पन्न भएको उक्त गोष्ठीमा स्थानीय तहको विकास निर्माणको कार्यक्रमहरु सँचालन गर्दा गठन गरिने उपभोक्ता समितिको प्रक्रिया, सँचालन र कार्यविधि बारे प्रकाश पारिएको थियो ।
कार्यक्रममा उपभोक्ता समिती गठन गर्ने सम्बन्धि जानकारी गराएका थिए । स्पोर्ट् नेपालका उपाध्यक्ष सुनिल कुमार मल्लिकले गरेको सहजीकरणमा उपस्थित सहभागीहरुले उपभोक्ता समिति गठन गर्दा गर्नुपर्ने कार्यहरुको बारेमा विस्तृत जानकारी समेत लिएका थिए । उपभोक्ता समितिको गठन प्रक्रियामा स्थानीय तह सँचालन ऐनमा उल्लेखित नियम कानुन र उदेश्य तथा पालना गर्नुपर्ने नियमहरुको बारेमा दर्साइएको थियो ।
सो कार्यक्रममा नगरकी उप मेयर रचना माथेमा, निमित प्रमुख प्रशाकिय अधिकृत उमेशलाल कर्ण लगायत वडा अध्यक्ष, वडा सचिवहरु सहित स्पोर्ट नेपाल धनुषा जिल्ला कार्यक्रम सँयोजक प्रकाश ठाकुर, जनजाति संघको प्रदेश २ को सँयोजक मनोज दनुवार , उज्यालो नेपाल संस्थाका अध्यक्ष सत्रुधन महतो लगायत स्थानीयहरुको उपस्थित रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…