जनकपुरमा चक्काजाम
उनीहरुले आफूहरुको माग समयमै पूरा नभए पुनः कडा आन्दोलनको चेतावनी समेत दिए ।

२०७६ भदौ ३० सोमबार, राति ८:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका युवाहरुले सोमबार (आज) करिब अढाई घण्टा चक्काजाम गरेका थिए ।
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का युवा नेता किसन साहको अगुवाईमा युवाहरुले चक्काजाम गरेका थिए । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ पुलचोक स्थित नालाको निकास नभएको कारण कैयौं घर भत्किने अवस्था सृजना भएको भन्दै सडक ठेकेदार विरुद्ध नारावाजी गर्दै चक्काजाम गरेका थिए । पुलचोकका व्यापारी, पसलदार, युवा तथा स्थानीयहरुले समेत चक्काजाम गरेका थिए ।
विगत कैयौं महिनादेखि जीर्ण अवस्थामा रहेको पुलचोकको सडक निर्माणमा सम्बन्धित निकाय चासो नलिएको कारण स्थानीयवासीहरुलाई सास्ती भएको भन्दै उनीहरु विरोध स्वरुप चक्काजाम गरेको युवा नेता साहले बताए । साहका अनुसार स्थानीयवासीहरुले समेत गरी करिब अढाई घण्टा चक्काजाम गरेपछि यातायातको साधन ठप्प भएको थियो । त्यसपछि इन्जिनीयर कपिल कुमार महतो आएपछि सहमतिको आधारमा जाम खुलाइएको बताए ।
सडक जीर्ण रहेकोले चाँडै नै त्यो सडक स्थानीयवासी अनुकुल मापदण्डमा आधारित बनाउने सहमति भएपछि जाम खुलाइएको बताए । उनीहरुले आफूहरुको माग समयमै पूरा नभए पुनः कडा आन्दोलनको चेतावनी समेत दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…