किशोरी उपर सामुहिक बलात्कार , एक जना पक्राउ !
पालैपालो चारै जनाले बलात्कार गरेपछि किशोरी मुर्छित भई अत्यधिक रक्तश्राव भइरहेको अवस्थामा
२०७६ भदौ २७ शुक्रबार, बेलुकी ७:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा एक १६ वर्षीया किशोरी आफ्नै छिमेकी द्वारा सामूहिक बलात्कृत भएको छ ।
जिल्लाको सम्सी गाउँपालिका–२ पर्सा देवाडका एक किशोरी माथी सामूहिक बलात्कार भएको छ। एक साता अघि भएको घटनामा मुद्दा दर्ता गरिएपछि शुक्रवार प्रहरीले सो घटनाबारे जानकारी गराएको हो । एक साता अघी रातिको बेला करीब ७ बजेको समयमा गाउँभन्दा दक्षिण खुलामा शौच गर्नका लागि गएकी सो किशोरीलाई चार युवाले सामूहिक बलात्कार गरेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताएका छन।
किशोरीलाई एक्लै देखेर उनका दुई जना छिमेकी सहित चार युवाहरु उनलाई समातेर मुख थुन्दै धान खेतमा लगेर सामूहिक बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन् । पालैपालो चारै जनाले बलात्कार गरेपछि किशोरी मुर्छित भई अत्यधिक रक्तश्राव भइरहेको अवस्थामा बस्तीमा पुग्दा स्थानीय तथा आफन्तले उनलाई सोधेपछि घटनाबारे विस्तारमा बताएकी थिइन् । किशोरीले आफूलाई बलात्कार गर्नेमा दुई छिमेकी रहेको र आफूले चिनेको तथा दुई जना नचिनेको युवाहरु रहेको बताएकी छिन् ।
यता, प्रहरीले अनुसन्धान गर्दा किशोरीलाई बलात्कार गर्ने चारै जना युवाहरु घटना घटाएर भारत तिर भागेको मा एक जना आरोपी पक्राउ परेका छन। पक्राउ पर्नेमा सम्सी गाउँपालिका वडा नं. २ बस्ने २५ बर्षिय (नाम गोप्य) रहेका छन । उनलाई भारतको कन्हमाबाट भारतिय प्रहरीको सहयोगमा पक्राउ गरिएको थियो । पक्राउ परेका कलिम लाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको कुरा प्रहरी निरिक्षक केदार बस्नेतले जनाएको छ।
प्रहरीले पीडित किशोरीको उपचार गराई उनको बयानको आधारमा चारै जनामाथि जबर्जस्ती करणी मुद्दा चलाइसकेको र उनीहरुको व्यापक रूपमा खोजतलास भइरहेको तथा उनीहरुलाई चाँडै पक्राउ पर्ने प्रहरी उपरीक्षक अधिकारीले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
धर्मेन्द्र कुमार यादव
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…