प्रदेश नं २ को राजधानी राजविराज नै हुन्छ त ?
राजविराज, १६ पुस : मुलुकमा लोकतन्त्र प्राप्तिका लागि सप्तरीवासीले नेतृत्वदायी भूमिका खेलेको भन्दै प्रदेश नं २ को राजधानी राजविराज नै हुनुपर्नेमा एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । सप्तरीको राजविराजमा नागरिक सञ्जाल र बृहत् नागरिक सञ्जालले आयोजना गरेको ‘प्रदेश नं २ को राजधानी राजविराजमा’ विषयक विच

२०७४ पुस १६ आइतबार, बिहान ९:०९ बजे१ मिनेट पढाइ

राजविराज, १६ पुस : मुलुकमा लोकतन्त्र प्राप्तिका लागि सप्तरीवासीले नेतृत्वदायी भूमिका खेलेको भन्दै प्रदेश नं २ को राजधानी राजविराज नै हुनुपर्नेमा एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।
सप्तरीको राजविराजमा नागरिक सञ्जाल र बृहत् नागरिक सञ्जालले आयोजना गरेको ‘प्रदेश नं २ को राजधानी राजविराजमा’ विषयक विचार गोष्ठीमा सहभागी वक्ताले यस्तो बताएका हुन् ।
सो गोष्ठीमा नेकपा (एमाले) का केन्द्रीय सदस्य सुमनराज प्याकुरेलले लोकतन्त्रका लागि भएका सबैजसो आन्दोलनमा सप्तरीवासीको भूमिका नेतृत्वदायी नै रहेकाले जिल्लाको विकास र इतिहास जोगाउनका निम्ति प्रदेश नं २ को राजधानी राजविराज नै हुनुपर्ने बताउनुभएको छ ।
“लोकतन्त्रका लागि भएका सबैजसो आन्दोलनमा सप्तरीवासीको भूमिका नेतृत्वदायी छ”, उहाँले भन्नुभयो, “त्यसैले जिल्लाको विकास र इतिहास जोगाउनका निम्ति प्रदेश नं २ को राजधानी राजविराज नै हुनुपर्छ ।”
उहाँले जिल्लाको समृद्धि, विकास र राजविराज राजधानी हुनुपर्ने विषयमा एमाले पार्टीको पूर्ण सहयोग र साथ रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
साथै “जिल्लाको समृद्धि र विकासका लागि पनि प्रदेशको राजधानी राजविराज हुनु जरुरी छ”, उहाँले भन्नुभयो, “राजधानीको विषयमा एमालेको साथ र सहयोग रहन्छ पनि ।”
विचार गोष्ठीमा वरिष्ठ पत्रकार अनिलकुमार अनल, प्राध्यापक देवनारायण यादव, अधिवक्ताद्वय भूपेन्द्रनारायण मण्डल र राजेन्द्रप्रसाद देव, समाजसेवी हासिम अन्सारी, महिला अधिकारकर्मी अभासेतु सिंह र समाजसेवी जगरनाथ मुन्धडाले राजविराजको विकासका लागि प्रदेश नं २ को राजधानी हुनुपर्ने धारणा राख्नुभयो ।
गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह, मधेशका लागि अधिकार सुरक्षित गर्ने र प्रान्तको माग गर्ने मधेशका मसिहा गजेन्द्रनारायण सिंहको जन्मथलो सप्तरी नै भएकाले गोष्ठीका सहभागी वक्ताले राजविराजलाई नै राजधानी बनाउनुपर्नेमा समेत जोड दिएका छन् ।
नागरिक सञ्जालका संस्थापक अध्यक्ष सुखराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दल आबद्ध नेता, कानून व्यवसायी, बुद्धिजीवी, नागरिक अगुवालगायतले समेत राजविराज प्रदेश नं २ को राजधानी हुनुपर्नेमा आ–आफ्नो विचार प्रस्तुत गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…