सिरहामा पेस्तोल र ब्राउस सुगरसहित ३ फन्दामा
पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले जानकारी दिए ।

२०७६ भदौ २५ बुधबार, बिहान ७:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा दुई छुट्टाछुट्टै स्थानबाट कटुवा पेस्तोल र लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् ।
सिरहाको विष्णपुर गाउँपालिका–४ थलहाकट्हाका ३० वर्षीय कृष्ण यादवलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । घरायसी विवादका कारण आमालाई कुटपिट र घरमा समान बाहिर फालिदिएको खबर प्रहरीले पाएपछि उनको फ्लोअप गर्दा कटुवासहित पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ ।
प्रहरीले खबर पाएको जानकारी पाएपछि भागेका यादवलाई गाउँपालिका–५ लक्ष्मीपुरबाट पक्राउ गरिएको हो । यस्तै, लागुऔधष ब्राउन सुगरसहित २ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
गोलबजार नगरपालिका–६ बाट २१ वर्षीय राहुल भन्ने जीवछ साह र १९ वर्षीय राजन विश्वकर्मालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको हो । साहले घरको कोठाभित्र तरकारी बेच्ने क्यारेटमा बिक्री वितरणका लागि लुकाएर राखेको अवस्थामा प्रहरीले ब्राउन सुगर फेला पारेको जनाएको छ ।
प्लाष्टिकको पोकामा तयार गरिएको ४ सय ५० ग्राम ब्राउन सुगर, मोबाइल र २३ सय रुपैयाँ नगदसहित दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…