अब कुनै बैँकको चेक जुनसुकै बैँकमा भजाउँन सकिने
वास्तविक समयमा नै एक बैंकबाट अर्को बैंकको जुन सुकै खातामा रकम भुक्तानी गर्न सक्नेछन् ।

२०७६ भदौ २३ सोमबार, दिउँसो २:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । एउटा बैँकको चेक अर्को बैँकमा नचल्ने प्रक्रिया र प्रणालीलाई नेपाली बैँकरहरुले अपडेट गरेको छ ।
एउटा बैंकको चेक अर्को कुनै पनि बैंकमा नचल्ने अर्थात साटन नपाउने व्यवस्थालाई हटाएर अब कुनै पनि बैंकको चेक जुनसुकै बैंकमा जम्मा गर्न र भजाउँन मिल्ने प्रणाली लागू गर्न लागिएको हो ।
रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली भदौ २५ देखि लागू हुने भएको छ । भदौ १९ गते आरटीजीएस प्रणालीसम्बन्धी कार्र्यिवधि लागू भएकोमा भदौ २४ गतेभित्र पार्टिसिपेन्ट एग्रिमेन्टसम्बन्धी सम्पूर्ण काम सक्न बैंकहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।
यो प्रक्रिया लागु भएसंगै ग्राहकले वास्तविक समयमा नै एक बैंकबाट अर्को बैंकको जुन सुकै खातामा रकम भुक्तानी गर्न सक्नेछन् । रकम पठाउने व्यक्तिले एउटा निवेदन लेखेर बैंकमा दिएपछि सोहि समयमा नै अर्को खातामा पैसा जम्मा हुने छ ।
उक्त सेवा लिनको लागि न्युनतम २ लाख देखिको कारोबार गर्नुपर्छ भने २० लाखभन्दा माथिको कारोबारलाई यो ब्यबस्था अनिवार्य गरिएको छ । यो सुविधाको लागि फरक फरक समयको लागि फरक फरक शुल्क निर्धारण गरिएको छ । ग्राहकले यो सुबिधा बिहान १०ः३० देखि २ः३० बजेसम्म मात्र प्रयोग गर्न पाउने छन् । १ः३० बजेसम्मको लागि प्रति कारोबार १० रुपैयाँ र त्यसपछि प्रति कारोबार २० रुपैयाँ शूल्क तोकिएको छ ।
२ः३० देखि ३ बजेसम्म भने अन्तर बैंक कारोबार मात्र हुन्छ । त्यसको लागि प्रति कारोबार एक सय रुपैयाँ शूल्क लाग्नेछ । हाल बैंकमै गएर लिनुपर्ने यो सुविधा छिटै नै अनलाइन प्रणालीमा लैजाने र कारोबार समय पनि बढाउने बताएको छ । तत्कालका लागि वाणिज्य बैंकहरु मात्रै आवद्ध रहेको यो सिस्टममा विकास बैंक र वित्त कम्पनीलाई पनि छिटै आवद्ध गर्ने केन्द्रीय बैंकको योजना रहेको भनेर बैंकिँग खवरमा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…