रौतहटमा दाइजोको निहुँमा श्रीमानद्धारा श्रीमतीको हत्या
दाइजोमा मोटरसाइकल नदिएको निहुँमा कुटपीट गरी श्रीमतीको हत्या गरेका हुन् ।

२०७६ भदौ २१ शनिबार, राति ९:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटमा दाइजो नदिएको भन्दै एकजनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
रौतहटको राजपुर नगरपालिका ७ अकोलवाका रामबाबु सहनीले २५ वर्षीया श्रीमती सन्जु देवीको बिहीबार हत्या गरेका हुन् । दाइजोमा मोटरसाइकल नदिएको निहुँमा सन्जुको हत्या गरिएको हो ।मृतक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीका अनुसार ज्वाइँ रामबाबु दाइजोमा मोटरसाइकल नदिएको कारण कुटपीट गरी हत्या गरेका छन् । केही महिनाअघि कान्छी छोरीको बिहे गर्दा मोटरसाइकल दाइजो दिएको देखेपछि रामबाबुले सन्जुमार्फत् आफूलाई पनि मोटरसाइकल चाहियो भनेर माग्ने गरेको र नदिएपछि बिहीबार दिउँसो सन्जु हत्या गरेका बताए ।
छोरीको मृत्यु भएको खबर पाएपछि त्यहाँ गएर हेर्दा छोरीको घाँटीमा डाम देखिएकाले ज्वाइँले नै छोरीको हत्या गरेको बुबाको भनाई छ । ज्वाइँ रामबाबुले पहिलादेखि नै दाइजोमा मोटरसाइकल माग गर्दै सञ्जुलाई मानसिक याताना तथा कुटपीट गर्दै आएको बुबा अविलासले बताए ।
यता, जिल्ला प्रहरी कार्यालय रौतहटले उनको श्रीमान रामबाबु र ससुरा मोहन सहनीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…