जिउँदै महिलालाई बोरामा बाँधेर कोशीमा फाल्ने रौतहटका नेकपा नेता जेल चलान
रौटहटका नेकपा नेता शेखसहितकाले २०५८ साल भदौ ५ गते राति १२ बजेतिर कोशी नदीमा फालेकी खातुनलाई दाउरा खोज्न गएका स्थानीयले जिउँदै उद्धार गरेका थिए ।

२०७६ भदौ २० शुक्रबार, राति ८:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । रौतहटकी एक महिलालाई जिउँदै बोरामा बाँधेर कोशी नदीमा फालेको घटनाका अभियुक्त पूर्पक्षका लागि जेल चलान भएका छन् ।
रौतहटको गरुडा नगरपालिका–८ की बकरिल खातुनलाई २८ वर्षअघि जिउँदै बोराभित्र राखी बाँधेर सप्तरीको रम्पुरा मल्हनियाँबाट कोशी नदीमा फालेको घटनाका अभियुक्त शेख कमिमुल्लाहलाई सप्तरी जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको हो ।
जेल चलान भएका शेख नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रौतहटका नेता हुन् । उनी स्थानीय तहको निर्वाचनमा गरुडा नगरपालिकाको मेयर पदमा तत्कालिन नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका थिए । हाल उनी नेकपाको साधारण सदस्य हुन् ।
शेखसहितकाले खातुनलाई कोशीमा फालेको भन्दै उनीविरुद्ध मुद्धा दायर भएको थियो । २०५८ साल भदौ ५ गते राति १२ बजेतिर कोशी नदीमा फालिएका खातुनलाई भने दाउरा खोज्न गएका स्थानीयले जिउँदै उद्धार गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…