लिंग पहिचानसम्बन्धी गर्भपतनले विकृति ल्याउने
विराटनगर, १५ पुस : असुरक्षित गर्भपतन रोक्न युवालाई यौन शिक्षा दिनुपर्ने तथा बजारमा खुलारुपमा बिक्री वितरण हुने गर्भधारण रोक्ने औषधि नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यान जानुपर्ने विचार यहाँ आयोजित कार्यक्रममा सहभागी वक्ताले बताउनुभएको छ । बाल समाज मोरङद्वारा शुक्रबार आयोजित महिला यौन तथा प्रजनन स्

२०७४ पुस १५ शनिबार, बिहान ९:०२ बजे१ मिनेट पढाइ

विराटनगर, १५ पुस : असुरक्षित गर्भपतन रोक्न युवालाई यौन शिक्षा दिनुपर्ने तथा बजारमा खुलारुपमा बिक्री वितरण हुने गर्भधारण रोक्ने औषधि नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यान जानुपर्ने विचार यहाँ आयोजित कार्यक्रममा सहभागी वक्ताले बताउनुभएको छ ।
बाल समाज मोरङद्वारा शुक्रबार आयोजित महिला यौन तथा प्रजनन स्वास्थ्य अधिकार जिल्लास्तरीय संवाद कार्यक्रममा वक्ताले लिंगको पहिचान गर्ने कार्यले बढी गर्भपतन गराइने समाजमा विकृति उत्पन्न भएको धारणा व्यक्त गर्नुभयो ।
सो अवसरमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा कुलरत्न भुर्तेलले कानूनले निर्दिष्ट गरेअनुसार सुरक्षित गर्भपतन गराउन आग्रह गर्नुभयो । मोरङ जिल्ला समन्वय समितिका संयोजक नरेश पोखरेलले बाल यौन शोषणका अपराधीलाई कानूनको दायरामा ल्याउने कार्यमा सहयोग गरिने बताउनुभयो । विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीले असुरक्षित गर्भपतनबाट हुने जोखिम तथा भविष्यमा हुने असरका सम्बन्धमा युवालाई शिक्षित गराउनुपर्ने बताउनुभयो ।
मोतीयाबिन्दुरहित महानगर
रामलाल गोल्छा आँखा अस्पताल विराटनगरले ३५ वर्षका अवधिमा १४ लाख ७४ हजार ८४१ जनालाई आँखासम्बन्धी स्वास्थ्य सेवा प्रदान गरेको छ । उक्त अस्पतालको शुक्रबार आयोजित साधारणसभामा आव २०७२/०७३ मा ६२ हजार ७३६ जनाको आँखाजाँच गरिएकामा पाँच हजार ५२६ जनाको शल्यक्रिया र आव २०७३/०७४ मा ६७ हजार ४४१ जनाको आँखाजाँच गरिएकामा छ हजार ७५ जनाको शल्यक्रिया गरिएको जानकारी दिइएको छ ।
महानगरपालिकाका उपप्रमुख कार्कीले महानगरपालिकाले मोतीयाबिन्दुरहित महानगर बनाउने अभियान सञ्चालन गरिसकेको जानकारी दिनुभयो । सभामा अस्पतालका अध्यक्ष लोकमान गोल्छाले अस्पतालले पु¥याएको सेवासुविधाका बारेमा जानकारी दिनुभएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…