"कान्छो" मेयरको "जेठो" कार्य, चिकित्सकलाई स्पष्टिकरण
जनकपुरधाम, १५ पुस । मुलुककै सबभन्दा कान्छो मेयर भनेर चिरपरिचित धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय बरबरियाको कार्यहरु परिवर्तन उन्मुख हुँदै गएको छ । सिँगो नगरपालिकालाई नै परिवर्तनको बाटोमा ल्याउने अथक प्रयत्न गरेका मेयर बरबरियाले दिनहुँ जसो कुनै न कुनै गाउँ वडामा पुगेर जन समक्ष विकासको प्रत्यक्ष सल्ल

२०७४ पुस १५ शनिबार, बिहान ८:५० बजे१ मिनेट पढाइ

जनकपुरधाम, १५ पुस ।
मुलुककै सबभन्दा कान्छो मेयर भनेर चिरपरिचित धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय बरबरियाको कार्यहरु परिवर्तन उन्मुख हुँदै गएको छ ।
सिँगो नगरपालिकालाई नै परिवर्तनको बाटोमा ल्याउने अथक प्रयत्न गरेका मेयर बरबरियाले दिनहुँ जसो कुनै न कुनै गाउँ वडामा पुगेर जन समक्ष विकासको प्रत्यक्ष सल्लाह आदानप्रदानमा लागेका छन् ।
यसैक्रममा मेयर बरबरियाले शुक्रबार नगरपालिकाको विभिन्न वडामा नीरिक्षण गरेका छन् ।
बरबरियाले नगरपालिकाको वडा नं. ४ महुलियामा मर्मत भएको बाटोहरुमा निरीक्षण गरेका छन् भने जनताहरु संग आगामी २१ गते हुन लागेको नगर परिषदको लागी योजना छनोट गर्न जनताहरुसँग प्रत्यक्ष आग्रह गर्नमा समेत व्यस्त भएका छन् ।
नीरिक्षणको क्रममा महुलियाको एक समुदायिक विद्यलयको नीरीक्षणको क्रममा छडके हानेका थिए । छडकको क्रममा मेयर बरबरियाले विद्यालयको भौतिक अवस्था, आन्तरिक अवस्था र शैक्षिक अवस्था शिघ्र सुधारको लागि निर्देशन दिए । यसका साथै स्वास्थ्य चौकीमा समेत छडके गर्दा सरकारी समयमा चिकित्सक उपस्थित नभएको भन्दै तत्कालै स्पष्टिकरण पेश गर्न कडा आदेश गरेका छन् ।
स्थानीय गरिब जनताहरुको आस्थाको केन्द्र मानिएका समुदायिक स्वास्थ्य चौकीमा चिकित्सक नै ढिलो आउने गरेपछि विरामी र कुरुवाहरु समेत अलपत्र पर्ने गरेको भन्दै बरबरियाले समयमा कार्यालयमा किन उपस्थित नभएको भनेर स्वास्थ्य चौकी ईन्चार्ज हरिनारायण साहलाई स्पष्टिकरण लिखित रुपमा पेश गर्न आदेश गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…