यी नगरपालिकामा फेला परयो भ्रष्टाचारको दर्जनौं नमुनाहरु
उनीहरुले जनप्रतिनिधि तथा निर्माण गर्ने उपभोक्ता समितिलाई कारवाही गर्नु पर्ने माँग गरेका छन ।

२०७६ भदौ १६ सोमबार, बेलुकी ५:०४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा भएको विभिन्न ठाउको बिकास निर्माणका कार्यमा चरम लापरबाही र भ्रष्टाचार भएको पाइएको छ ।
गुणस्तरहिन र कमसल सामग्री प्रयोग गरेर निर्माण कार्य गरिएको नगरपालिकाको हरेक वडाका सडक ढलान,भवन निर्माण भत्किन र उप्किन थालेपछि भ्रष्टाचारको पोल खुलेको हो । वडा नं. ५ मा गरिएको ढलानहरु महिनौ नबित्दा उपकिन थालेको छ । सोही वडा मै अबस्थित राधाकृष्ण माबीको भवन निर्माण कमशल र गुन्स्तहिन सामाग्रीको प्रयोग गरि निर्माण गरिएको कारन ठाउँ ठाउमै क्रेक भएको देखिएको छ ।
वडा नं. ६ मा पुल सँगै निर्माण भएको सडक एक महिना नबित्दै भत्कीएको छ । नगरपालिकाले ३० लाखको लगानीमा निर्माण गर्न लगाएको दुई वटा साना पुल र पुल जोडने सडकमा कमिसनको कारणले गुणस्तरहीन काम भएको स्थायिले बताएका छन । ३० लाखको काम १५ दिन पनि नटिकेको भन्दै उनीहरुले जनप्रतिनिधि तथा निर्माण गर्ने उपभोक्ता समितिलाई कारवाही गर्नु पर्ने माँग गरेका छन ।
माधवनारायण नगरपालिकाका प्रमुख र उपप्रमुख दुवैले आफ्नो भागमा राखेको सो योजनाको काम सम्पन्न गर्न उपभोक्ता समिति बनाइएको थियो । विनियोजन गरिएको रकम भन्दा कयौ गुणा सस्तोमा सम्पन्न हुने सो योजनका लागी नगरप्रमुख र उपप्रमुख दुवैले कमिसन लिएको स्थानिय नितिश गुप्ताले बताए ।
पुल निर्माण भएको सो स्थानमा पानीको बहाव तिव्र हुने भएकोले पानी निकासका लागी राखिएका ह्युम पाइपहरुको सँख्या बढाउनु पर्नेको सट्टा दुइ वटा मात्रै ह्युम पाइप राखिएको, बाटोका लागी पुरीएको माटोलाई कम्पेक्सन नगरेरै सोही माथि कमसल ढलान गरेका कारण सडक भत्कीएर पुल प्रयोग गर्न नसक्ने अवस्थामा पुगेको स्थानिय बताउँछन्
फलामे डण्डीहरु प्रयोग गरेर, बालुवा र सिमेन्टको अनुपात मिलाएर ढलान गर्नु पर्ने भए पनि निर्माण कार्य गर्ने समितिको चरम लापरवाहीका कारण लाखौं रुपैया खेर गएको वडा अध्यक्ष रन्धिर यादबले बताए । असार मसान्तमा बनेको सो पुल र सडक कामै नलाग्ने अवश्थामा पुग्नुले पनि सरकारी रकमको दुरुपयोग भएको देखिन्छ । नरपालिकका कै मिलेमतो र कमिसनको कारणले निर्माण कार्य गुणस्तरहीन भएको उहाँको दाबी छ ।
यति मात्र नभइ नगरपालिकामा सुनौलो हजार कार्यक्रममा ,विभिन्न एन जि ओ को कार्यक्रममा पनि ७ देखि ४५ ५ को कमिशनको चलखेल भएको यादबले बताए । यता सडक क्षतिग्रस्त भएको विषयमा नगरपालिकाले भने वर्षा र बाढीलाई दोष देखाएको छ । माधवनारायण नगरपालिका का प्रमुख विरेन्द्र राय यादवले बाढीको पानीका कारण सडक भत्कीएको बताएका छन ।
सो योजनाको लागी नगरपालिकाले ३० लाख बजेट छुट्टयाएको भए पनि १२ लाख मात्र हाल सम्म भुक्तानी दिएको उनले बताएका छन । नयाँ भरिएको माटोमा ढलान गरिएको सो सडक पानीका कारण भत्कीएको उनको तर्क छ । यसरी राज्यको लाखौं रकम प्रयोग भएका योजनाहरु एक महिनामै भत्कीदा सम्बन्धीत निकायले छानबिन गर्नु पर्ने स्थानियको माँग रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…