मधेशकी 'शान्ति सदा' राष्ट्रव्यापी संगित प्रतियोगितामा छनोट
आउँदो चैत्र १८ रेडियो नेपालको ६९ वार्षिकोत्सवमा हुने राष्ट्रव्यापी संगित प्रतियोगिताका लागि मधेशकी शान्ति छनोट भएकी हुन् ।

२०७६ भदौ १५ आइतबार, बिहान १०:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सिंगिङ शो द भोईस नेपालबाट छाएर चर्चामा आएकी मधेशकी शान्ति सदा राष्ट्रिय आधुनिक संगित प्रतियोगिताका लागि छनोट भएकी छिन् ।
आउँदो चैत्र १८ रेडियो नेपालको ६९ वार्षिकोत्सवमा हुने राष्ट्रव्यापी संगित प्रतियोगिताका लागि मधेशकी शान्ति छनोट भएकी हुन् । उनी प्रदेश २ सिरहाको गोलबजार निवासी हुन् ।
प्रदेश स्तरीय गायन प्रतियोगितामा टप तीनभित्र स्थान हासिल गरी राष्ट्रव्यापी रुपमा रेडियो नेपालको प्रधान कार्यालय सिंहदरबार हुने अन्तिम प्रतिस्पर्धामा उनी सहभागिता जनाउने छिन् ।
रेडियो नेपालको प्रादेशिक कार्यालय बर्दिबासमा भएको उक्त गायन प्रतियोगितामा उनको श्रीमान् गुरुशरण सदाद्धारा रचित ‘टुक्रा टुक्रा मुट मेरो पारेर गयौ’ बोलको गीत गाएर उनी टप तीनभित्र परेकी हुन् ।
समाजिक तथा आर्थिक रुपमा पछाडी परेको मुसहर समुदायबाट सदा दम्पति सांगितिक क्षेत्रमा संघर्षरत छन् । मैथिली गित संगित क्षेत्रमा उनीहरु ठूलो योगदान गर्दै आएको छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…