महोत्तरीमा लाखौंको चोरी, एक घाईते
उनीहरुको हल्का पहिचान खुलीसकेको जनाउँदै शिघ्र नै प्रहरी गिरफ्तमा आउने दाबी गरे ।

२०७६ भदौ १४ शनिबार, दिउँसो १२:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । गएराती महोत्तरीमा लाखौंको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
जिल्लाको मनरा सिसवा नगरपालिका वडा नं. ३ सुनौल टोलमा गएराती लाखौंको धनमाल चोरी गरी भागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीका अनुसार केही टयाप्पेहरुले दुई घरमा चोरी गरी भागेको छ । स्थानीय रामलोचन राउतको घरमा चोरी गर्न गएका उनीहरुलाई राउत परिवारले प्रतिकार गरेका थिए । त्यसपछि आफ्नो बचाउमा चोरहरुले समेत राउत उपर प्रहार गरी घाईते बनाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पीडित राउतको खुट्टामा चोट लागेको छ र उनको अवस्था समान्य छ ।
त्यही समूहको अन्य जनाले राउतकै छिमेकी रहेको सियारामशरण राउतको घरमा चोरी गरेको प्रहरीले जनाएको छ । चोरी गरिरहेको खवर पाएलगत्तै स्थानीयहरु जागेपछि उनीहरु भागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) श्याम कृष्ण अधिकारीले जानकारी दिए । परिवारजनलाई उदृत गर्दै उपरीक्षक अधिकारीले १ लाख बढी नगद २ तोला सुन र ५० तोला चाँदीका गरगहनाहरु चोरी भएको जनाए ।
यता, पीडित परिवारजनहरुले भने घरमा डकैती भएको दाबी गर्दै कुल ६ तोला सुन ६० तोला भन्दा बढी चाँदी र २ लाख भन्दा बढी रकम डकैती गरेर लगेको बताएका छन् । उनीहरुले डाँकाहरुले राम लोचन राउतको खुट्टामा बन्चरो प्रहार गरेको दाबी गरेपनि एसपी अधिकारीले भने डकैती नभएर चोरी मात्र भएको दाबी गरेका छन् । अधिकारीका अनुसार, चोरी गर्नेहरुमा टयाप्पे केटाहरु रहेका छन् र उनीहरुको हल्का पहिचान खुलीसकेको जनाउँदै शिघ्र नै प्रहरी गिरफ्तमा आउने दाबी गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…