सिरहामा खैरो हिरोइनसहित २ युवक पक्राउ
आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले जानकारी दिए ।

२०७६ भदौ १२ बिहीबार, दिउँसो ३:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित २ युवक फन्दामा परेका छन् ।
सिरहाको गोलबजार नगरपालिका ६ दोहोटियाका २१ वर्षीय भरत पासवान र २२ वर्षीय वीरेन्द्र यादव प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय गोलबजारबाट बुधबार साँझ खटेको प्रहरी टोलीले खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ ।
उनीहरु सवार रहेको स. ५ प. ५०९४ नम्बरको मोटरसाइकलमा पासवान र यादवले लागूऔषध खैरो हिरोइन लुकाइछिपाइ राखेको गोप्य सूचनाका आधारमा खटेको प्रहरी टोलीले प्लाष्टिकको पोकामा तयार पारी राखेको ठूलो एक पोका, सानो ८९ पोका गरी आठ ग्राम खैरो हिरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पक्राउ परेका दुवैको साथबाट २० हजार ७ सय ६० नेपाली र एक हजार ७ सय भारतीय रुपैयाँ र एक थान मोबाइल समेत बरामद भएको छ । पक्राउ परेका दुबैलाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…