सिरहामा कुटेरै एक पुरुषको हत्या, दोषी समाउन प्रहरी गम्भीर नभएको गुनासो
प्रहरीले घटनामा संलग्नहरुहरुबारे खोजविन कार्य जारी राखेको बताएपनि हालसम्म पत्ता लगाउन सकेको छैन ।

२०७६ भदौ १२ बिहीबार, बिहान ९:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा एकजनाको हत्या भएको छ । सिरहाको कल्याणपुर नगरपालिका ३ स्थित ईटारी प्रसाहीमा कुटेरै एकजनाको ज्यान लिइएको हो ।
स्थानीय ४५ वर्षका विश्वनाथ मुखियालाई गाईभैसी चराउन कमला नदीमा गएको बेला सोमबार राति अज्ञात समुहले कुटपिट गरि घाँटी थिचेर हत्या गरे । तर, प्रहरीले घटनामा संलग्नहरुहरुबारे खोजविन कार्य जारी राखेको बताएपनि हालसम्म पत्ता लगाउन सकेको छैन ।
घटना उपर प्रहरीले गम्भीरता नदेखाएको पीडित परिवारको गुनासो छ । उनको हत्या कसले र किन गर्यो भन्नबारे केही खुल्न नसकेको प्रहरीको भनाई छ । प्रहरीले भने खोजविन जारी राखेको बताउँछन् ।घटनाको अनुसन्धान भइरहेको र घटनामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…