फेसबूकबाट भाइरल बनेकी रानु मण्डललाई सलमान खानले गिफ्ट गरे यति महंगो घर !
यसका साथै सलमानले रानुलालाई आफ्नो नयाँ फिल्म दवंग ३ मा गीत गाउने मौका समेत दिएको जनाइएको छ ।

२०७६ भदौ ११ बुधबार, राति ९:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । बलिउड सुपरस्टार सलमान खानले रातारात भाइरल बनेकी रानु मण्डललाई ५५ लाखको घर गिफ्ट गरेका छन् ।
मुम्बईको रेलवे स्टेसनमा चर्चीत भारतीय गायिका लता मंगेश्करको गीत ‘एक प्यारका नगमा हैँ’ गाइरहेका बेला एक इन्जिनियर एतिन्द्र चक्रवृतिले उनको भिडियो बनाएर फेसबुकमा हालेपछि उनी रातरात भाइरल भएकी थिइन् । त्यसपछि उनलाई भारतीय गायक हिमेश रेश्मियाले आफूसँगै गीत गाउन लगेका थिए ।
हिमेशको गीत गाएपछि झनै चर्चामा आएकी रानुलाई सलमान खानले एक फ्लाय्ट किनिदिएको जनाइएको छ । भारतीय सञ्चार माध्यमले जनाए अनुसार, मुम्बईमै सलमानले सो घर गिफ्ट गरेका हुन् । सामाजिक योगदान गर्दै आएका सलमान खानले उनलाई सहयोग गरेको आधिकारीक खबर भने अहिलेसम्म बाहिर आएको छैन ।
यसका साथै सलमानले रानुलालाई आफ्नो नयाँ फिल्म दवंग ३ मा गीत गाउने मौका समेत दिएको जनाइएको छ । अहिले रानु भारतमा मात्रै नभएर विश्वभर नै चर्चामा रहेकी छन् । उनलाई बाहिर समेत गीतका लागि अफर आइरहेका छन् भने भोजपुरी इन्डस्ट्रिबाट समेत गाउनका लागि आफर आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…