बिद्यालयमा स्थानियले लगाए ताला, विद्यार्थीहरुद्धारा टायर बालेर प्रदर्शन !
झडपमा परी खगेन्द्र यादव र मनोज राय गम्भिर घाइते भएका थिए ।
२०७६ भदौ १० मंगलबार, बेलुकी ५:३२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको हरिपुर्वा नगर पालिका विद्यालयका व्यवस्थापन समिति र प्रधानाध्यापकको मिलोमतोमा विद्यालयमा अनियमितता गरेको भन्दै स्थानियहरु तालाबन्दी गरेका छन् ।
हरिपुर्वा नगरपालिका वडा नं. ५ मा रहेको श्री केश्वर गरिब जनता मा वि मा अभिभावकहरुले तालाबन्दी गरिएकको हो । उनीहरुले प्रधानाध्यापक फेकु राय भ्रष्ट र असक्षम भएको हुँदा तुरुन्त सरुवा हुनुपर्ने, विद्यालयमा नयाँ भर्ना भएको शिक्षकहरुलाई खारेजी गर्नुपर्ने, व्यवस्थापन समिति खारेज हुनुपर्ने, विद्यालयको सम्पुर्ण आय र व्यय अबिलम्ब प्रस्तुत हुनुपर्ने, केही दिन अघि गरिएको पाँच जना शिक्षक भर्ना रद्द गर्नुपर्ने लगायतको माग राखी तालाबन्दी गरेका हुन् ।
उनीहरुमध्ये आफूहरुले गरेको माग पुरा नभएसम्म तालाबन्दी नखोलिने स्थानिय बिनोद साहले बताए । प्रधानाध्यापक फेकु कुमार यादव निमाविका शिक्षक भएकोले मावि शिक्षक आए प्रअ पदबाट स्वतः हट्ने भएको हुँदा विद्यालयमा आएको शिक्षकको सरुवा गराइ रिक्त दरबन्दी राखी विद्यालयको शिक्षा सखाप पार्ने भएको हुँदा तालाबन्दी गरिएको अभिभावक जगेश्वर रायले बताए ।
सम्बन्धित समाचार : सर्लाहीको हरिपुर्वा विद्यालयमा मुक्कामुक्की
यता, विद्यालयका प्रअ का अनुसार विद्यालयमा सबै शिक्षकको दरबन्दी पुरा भएकोले भदौ १५ गते चक्रघाटा गाउपालिका स्थित अध्यापन गराइरहेका माविका शिक्षक धनेश्वर साहलाई सरुवा सहमति पत्र नदिएकोले आफुमाथि यस्तो आरोप लगाइको प्रअ यादबले बताएका छन । दरबन्दीनै खाली नभएको ठाउँमा कसरी सरुवा पत्र दिने, सरुवा पत्र नदिएकोले विभिन्न बहाना बनाइ विद्यालयमा तालाबन्दी र विद्यार्थीहरुलाई उकसाइ आन्दोलन गराएको प्रति आफुलाई दुख पनि लागेको प्रअ यादबले बताए ।
यसैबिच विद्यालयमा तालाबन्दी भएपछि विद्यालयका विद्यार्थीहरु हरिपुर्वा बजार चौकमा टायर बाली प्रदर्शन गरिरहेका छन । बिहान साढे १० बजे देखि चलिरहेको परीक्षा रोकि तालाबन्दी भएपछि विद्यार्थीहरु आन्दोलित बनेका हुन् । घटना स्थलमा अहिले नेपाल प्रहरी र शस्त्र प्रहरी परिचालन गरिएको सर्लाही प्रहरीले जनाएको छ ।
पधानाध्यापकले व्यापक भ्रष्टाचार गरेको भन्दै सोमवार विद्यालय व्यवस्थापन समितिको बैठकमा दिउँसो दुई पक्षबिच झडप पनि भएको थियो । झडपमा परी खगेन्द्र यादव र मनोज राय गम्भिर घाइते भएका थिए । घाइते दुबै जनाको जनकपुर अस्पतालमा उपचार भैइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…