सर्लाहीको हरिपुर्वा विद्यालयमा मुक्कामुक्की
अवस्था उग्र नहोस भनेर बोलाइएको प्रहरीले समयमै नियन्त्रण गरेको जनाइएको छ ।

२०७६ भदौ ९ सोमबार, बेलुकी ६:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । प्रदेश नं. २ को सर्लाही जिल्लाको एक विद्यालयमा दुई पक्षबीच मुक्कामुक्की भएको छ ।
सर्लाही जिल्लाको हरिपुरवा नगरपालिकाको वडा नं. ९ स्थित रहेको रामजानकी विद्यालयमा दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । विद्यालयका प्रधानाध्यापक ले बोलाएको अभिभावक भेलाको क्रममा दुई पक्षबीच झगडा हुँदा दुई जना समान्य घाईते समेत भएको जनाइएको छ ।
घाईते हुनेहरुमा हरिपुर्वाका स्थानीय एचवाईसीसीका अध्यक्ष खगेन्द्र यादव तथा त्यही क्लबका सदस्य मनोज यादव रहेका छन् । उनीहरुको उपचार भने जनकपुर अञ्चल अस्पतालमा भईरहेको बताइएको छ ।
"सर्लाहीको हरिपुरवा विद्यालयमा समान्य विवाद मात्र भएको छ, मुक्कामुक्कीको क्रममा २ जना समान्य घाईते भएको छ । झडप भएकै छैन, दुई जनापक्षबीच भनाभन हुँदा समान्य झगडा मात्र भएको छ , मुक्कामुक्की भईरहँदा समयमै प्रहरी पुगेर त्यसलाई नियन्त्रण गरेको छ , अन्य केही छैन ।"- जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ताले जानकारी दिए ।
प्रहरीका अनुसार विद्यालयमा व्यवस्थापन समिति गठनको लागि बोलाइएको अभिभावक भेलामा दुई पक्षबीच भएको भनाभन उग्र हुँदै मुक्कामुक्की र धक्काधक्की भएको थियो । अवस्था उग्र नहोस भनेर बोलाइएको प्रहरीले समयमै नियन्त्रण गरेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…