सुनसरीमा छुरा प्रहार गरी एकजनाको हत्या
न्यूज ब्यूरो, सुनसरी । सुनसरीमा छुरा प्रहार गरी एक जनाकोे हत्या गरिएको छ । सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका–५ मा आइतबार साँझ एक जनाको छुरा प्रहार गरी हत्या भएको हो । स्थानीय मुर्ताज मियाँले धरिलो हतियार प्रहार गरेर वहाव मियाँको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक अर्जुन पो

२०७६ भदौ ९ सोमबार, बिहान ११:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । सुनसरीमा छुरा प्रहार गरी एक जनाकोे हत्या गरिएको छ । सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका–५ मा आइतबार साँझ एक जनाको छुरा प्रहार गरी हत्या भएको हो ।
स्थानीय मुर्ताज मियाँले धरिलो हतियार प्रहार गरेर वहाव मियाँको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक अर्जुन पोखरेलले बताए ।
घरायसी झगडाका कारण मुर्ताज मियाँले छुरा प्रहार गर्दा वहाव गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका वहावको उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी निरीक्षक पोखरेलले बताए ।
छुरा प्रहार गर्ने मुर्ताजलेसमेत बीस सेवन गरेकाले उनी पनि गम्भीर घाइते भएको र अहिले उनको विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
छुरा प्रहार गरी हत्या गर्ने मुर्ताज प्रहरीको नियन्त्रणमा रहेको र घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…