प्रहरी हिरासतमा मृत्यू भएका 'राममनोहर' की श्रीमतिलाई जागिर
प्रहरी हिरासतमै राम मनोहर यादवको रहस्यमय मृत्यु पछि समस्या उत्पन्न भइ आन्दोलन समेत भएको थियो ।

२०७६ भदौ ५ बिहीबार, बेलुकी ७:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउतको अभियानमा लागेर गत वर्ष प्रहरी हिरासतमा मृत्यू भएका राम मनोहर यादवको श्रीमतिलाई जागिर लगाइएको छ ।
गत वर्ष भदौंमा नेपाल सरकारका स्वास्थ्य तथा जनसँख्या मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउँदा प्रहरीले पक्राउ गरेको थियो भने पक्राउको एक सातापछि उनको बाँके प्रहरीको हिरासतमा मृत्यू भएको थियो । तत्कालीन स्वतन्त्र मधेश गठबन्धन बाँकेका नेता स्व. राम मनोहर यादवकी श्रीमती सुनिता यादवलाई जनस्वास्थ्य चौकीमा जागिर दिइएको बताइएको छ ।
बाँके जिल्लाअन्तर्गत जानकी गाउँपालिका वडा नम्बर-६ मा कार्यालय सहयोगीको रुपमा सुनितालाई जागिर दिइएको जनमत पार्टीका नेता इरफान शेषले जनाएका छन् । गत २४ फागुनमा नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको सम्झौताअनुसार जागिर दिइएको उनले जनाएका छन् ।
जनमत पार्टीको विशेष पहलमा जागिर मिलाइएको छ । साथै तीनै जना बच्चालाई जनमत पार्टीकै पहलमा अध्यापन गराइरहेको छ । स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारबीच भएको सम्झौतालाई अबिलम्ब लागू हुने गरि कार्य अघि बढाउनुपर्ने धारणा जनमत पार्टीका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज शेषले राखेका छन् ।
‘हामी अगाडी बढिसकेका छौं, सरकारले पनि ढिला गर्नुहुँदैन तत्काल सम्झौता अनुसार अब हामी माथि लगाइएको राजनीतिक मुद्दाको खारिजी हुनुपर्ने’ धारणा व्यक्त गरेका छन् । साथै आगामी १५ गते स्व. राम मनोहर यादवको श्रृदान्जली कार्यक्रम आयोजना जनमत पार्टीले गर्ने जनाएका छन् ।
२०७५ भाद्र ७ गते बर्दिया को गुलारिया नगरपालिकामा तत्कालीन संघीय समाजवादी फोरमको कार्यक्रममा सहभागी भएको कारणले मात्रै चार जनालाई उपेन्द्र यादवको निर्देशनमा हिरासतमा लिइ राज्य बिरुद्ध को मुद्दा चलाइएको थियो । प्रहरी हिरासतमै राम मनोहर यादवको रहस्यमय मृत्यु पछि समस्या उत्पन्न भइ आन्दोलन समेत भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…