५१ घरपरिवारलाई खाद्यान्न वितरण
यस्तो अवस्थामा उनीहरुलाई क्षीरेश्वर सेवा समाजले मदतगारी हात बढाएका हुन् ।

२०७६ भदौ ४ बुधबार, राति ८:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महेन्द्रनगर । एक समाजिक सँस्थाले धनुषाको ५१ घर परिवारलाई राहत वितरण गरेको छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ बेलामा एक कार्यक्रमबीच बाढी पीडित ५१ घर परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो । समाजिक सँस्था क्षीरेश्वर सेवा समाज दोहा कत्तारको आर्थिक सहयोगमा दलित वस्ती मुसहरी टोलका बाढी पीडितलाई राहत वितरण गरिएको हो ।
गत असार अन्तिममा आएको अबिरल बर्षाका कारण आएको भिषण बाढीले जनजीवन प्रभावित भएको थियो । बाढी कारण सयौं घर परिवारले आफनो घर टहरा गुमाएका छन् भने खाद्यान्न समेत बाढीले बगाएर लगेपछि उनीहरुको विजोग भएको थियो । यस्तो अवस्थामा उनीहरुलाई क्षीरेश्वर सेवा समाजले मदतगारी हात बढाएका हुन् ।
वैदेशिक रोजगारीको शिलशिलामा कतारमा बस्दै आएका धनुषाका युवाहरुले एक एक रुपैयाँ जम्मा गरी गरिब, असहाय र पीडितको लागि राहत पठाएका हुन् । सेवा नै धर्म हो तथा एक आपसमा पारिस्रिक सहयोगको भावनालाई कदर गर्दै समाजका दोहा कतार प्रतिनीधि कमलेश महतो तथा नेपाल प्रतिनिधि श्याम लाल महारा, सुरेन्द्र महरा, जीपिर रविदासको अगुवाईमा उक्त पीडितहरुलाई राहत वितरण गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…