मासु काट्ने हतियारले काटे आफ्नै श्रीमतिको घाँटी !
कालिकामाई गाउँपालिकाकै वडा नं. ३ मा माइती रहेको सँगीताको माईती पक्ष समेत घटना स्थल पुगेर प्रहरीलाई जानकारी गराएको थियो ।

२०७६ साउन ३२ शनिबार, दिउँसो १:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । प्रदेश नं. २ को पर्सा जिल्लामा एक श्रीमानले आफ्नै श्रीमतिको घाँटी रेटेर हत्या गरेका हुन् ।
पर्साको कालिकामाई गाउँपालिका वडा नं. ५ सेमरा टोल बस्ने स्थानयि मुक्तिनारायण पटेलले आफ्नै श्रीमति अन्दाजी बर्ष ३० की सँगीता देवी पटेलको विभत्स हत्या गरी फरार भएका हुन् । श्रीमतिको घाँटी रेटेर पटेल परिवारजनका अन्य सदस्य समेत फरार भएका हुन । घटना शुक्रबार बेलुकाको हो ।
मासु काटने हतियार (दबिया) ले सँगीताको घाँटी काटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । घरमा सँगीताको सासूआमा र उनकी तीन बच्चा बाहिर रहेको अवस्थामा उनलाई हतियार प्रहार गरी हत्या गरेर फरार भएको ईलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ ।
धेरै समयदेखि बैदेशिक रोजगारीको शिलशिलामा विदेश बस्दै आएका मुक्तिनारायण एक महिना अगाडी मात्र आफ्नो घर आएको स्थानीयहरुले जनाएको छ । शुक्रबार साँझ करिब ७ बजे घटना भएपछि छिमेकीहरुले थाहा पाएपछि प्रहरीलाई खवर गरेको थियो । केही समयमै घटनास्थल पुगेका प्रहरीले अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी नीरिक्षक चन्द्र सिँहले बताए ।
कुनै विशेष कामले उनकी सँगीताकी सासू घर बाहिर रहेको मौका छोपी उनलाई हत्या गरेको बताउँदै छिमेकीहरुले उनकी सासूलाई सँगीताको हत्या बारे जानकारी दिएको प्रहरीले जनाएको छ । प्राप्त जानकारी अनुसार वैदेशिक रोजगारीबाट घर आउँदा श्रीमान श्रीमतिबीच रोजना झै झगडा हुँदै आएको थियो ।
कालिकामाई गाउँपालिकाकै वडा नं. ३ मा माइती रहेको सँगीताको माईती पक्ष समेत घटना स्थल पुगेर प्रहरीलाई जानकारी गराएको थियो । सँगीताको शवलाई पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगँजमा लगिएको जनाउँदै अभियुक्त पटेललाई खोजी कार्य तीव्र पारिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…