धनुषामा लवकुश जन्मजयन्ती मनाइने
लवकुश जयन्तीमा कुशवाहा समुदायको विशेष उल्लास हुँदै आएको छ ।

२०७६ साउन २९ बुधबार, दिउँसो ३:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । मर्यादा पुरुषोत्तम भगवान श्रीरामको पुत्र लवकुश जयन्ती यसपाली पनि धुमधामको साथ मनाइने भएको छ ।
धनुषाको बटेश्वर गाउँपालिका वडा नं. १ चित्रपुरस्थित लवकुश चौकमा यसपाली २५ औं लवकुश जयन्ती समारोह मनाउने भएको छ । रक्षाबन्धनको उपलक्ष्यमा कुशवाहा समुदायहरुको बाक्लो वस्ती रहेको सो क्षेत्रमा लवकुश जयन्ती मनाउने गरेको छ । नेपाल कुशवाहा कल्याण समाज तथा लवकुश विकास प्रतिष्ठानले २५ औं लवकुश जयन्तीको अवसरमा मेला र सांस्कृृति कार्यक्रमको समेत आयोजना गरेको छ ।
साउन ३० गते दिउँसो कुशवाहा समुदायवासीहरुको विकास र देश विकासमा भुमिका विषयमा कुशवाहा समुदायका उच्च तहका व्यक्तिहरुबाट मनतब्य तथा पुजापाठ गरिने कार्यक्रम रहेको कुशवाहा समाजका केन्द्रिय सदस्य तथा कार्यक्रम आयोजक नथुनी कुशवाहाले जानकारी दिएका छन ।
लवकुश जन्मजयन्तीको अवसरमा कुशवाहा समुदायका मन्त्रि, सांसद, कर्मचारी तथा नेताहरुको विशेष उपस्थिती रहने आयोजकले जनाएको छ । लवकुश जयन्तीमा कुशवाहा समुदायको विशेष उल्लास हुँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…