दुई बर्षभित्रै जयनगर देखि बर्दिवाससम्म रेल गुड्ने ! ( भिडियो सहित )
अहिलेसम्म ६० प्रतिशत कार्य पुरा भइसकेकोले बाँकी ४० प्रतिशतको लागि दुई बर्ष काफी

२०७४ पुस १२ बुधबार, बिहान १०:४८ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १२ पुस ।
तराई मधेस एवम् समग्र नेपालीकै प्रतिक्षारत रहेको जयनगर बर्दिवास ब्रोडगेज रेल्वे अबको दुई बर्ष भित्रै गुड्ने भएको छ ।
भारत विहारको जयनगर देखि नेपालको महोत्तरी जिल्ला बर्दिवाससम्म निर्माण हुन लागेको रेल्वे लिकको कार्य अति तिब्र बनाइएको छ ।
रेल्वे लाईन निर्माणको मुख्य जिम्मेवारी पाएका भारतको एक निर्माण कम्पनीले रेल्वेको पटरी बिछयाउने कार्य अति तिव्र रुपमा भइरहेकोले अबको दई बर्ष भित्रै जयनगर देखि बर्दिवास सम्म रेल्वे गुड्ने दाबी गरे ।
निर्माण कम्पनीका ठेकेदारले जनाए अनुसार, रेल्वे लिकको कार्य अति तिब्र पारिएको छ । अहिलेसम्म ६० प्रतिशत कार्य पुरा भइसकेकोले बाँकी ४० प्रतिशतको लागि दुई बर्ष काफी भएको जनाए ।
भिडियो हेर्नुहोस !
जयनगरदेखि बर्दिवास सम्मको रेल्वे लाईनमा माटो पुरने, ग्राभेल गर्ने, पत्थर ओछयाउने कार्य भइरहेको छ भने लिक पटरीको लागि पटरी पनि ओछयाउन सुरु भईसकेको हो ।
जयनगर देखि बर्दिवास सम्मको ब्रोडगेज रेल्वे गुड्ने भएपछि तराई मधेसको सर्वसाधारणले बजार पुग्न सहजता पुग्ने छ ।

विशेष गरी धनुषाको पूर्वी बेल्टका सर्वसाधारण र महोत्तरीका सर्वसाधारणहरुले जयनगर जनकपुर आवत जावत सहित व्यापारिक दृष्टिकोणले पनि सहजता प्रदान गर्नेछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…