सिरहामा भरुवा बन्दुकसहित २ पक्राउ !
शनिबार राति साढे ११ बजेको समयमा मिर्चैया प्रहरीको कमाण्डमा खटेको टोलीले दुबैलाई हतियारसहित पक्राउ गरेको हो ।

२०७६ साउन १२ आइतबार, दिउँसो ४:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा भरुवा बन्दुकसहित २ युवक पक्राउ परेका छन् । सिरहाको कल्याणपुर प्रचिलवाबाट दुई युवकलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–११ निवासी सुकना मण्डलका १९ वर्षीय छोरा मनिष मण्डल र कल्याणपुर नगरपालिका वडा ३ का कारी मंसुरीको २४ वर्षीय छोरा मो. जाकीर मंसुरी रहेका छन् । शनिबार राति साढे ११ बजेको समयमा ईलाका प्रहरी कार्यालय मिर्चैयाको कमाण्डमा खटेको टोलीले दुबैलाई हतियारसहित पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ ।
हतियारसहित घुमफिर गरिरहेको सूचनाको आधारमा साबार रहेको बी. आर. ३२ क्यु. १३८० नम्बरको मोटरसाईकलसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले जानकरी दिए ।
उनीहरुको साथबाट प्रहरीले लामो भरुवा बन्दुक बरामद भएको छ । पक्राउ परेका दुबैमाथि हातहतियार खरखजाना अन्र्तगत मुद्दा चालाइने डिएसपी बोहराले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…