अपडेट : राजमार्ग खुल्यो
जनप्रतिनीधिहरुको मिलामत्तोमा ग्राभेल र बालुवाको लागि खनेको खाल्टोमा डबुेर बुधबार दुई बालकको ज्यान गएको थियो ।

२०७६ साउन ९ बिहीबार, दिउँसो २:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको बीरेन्द्रबजामार स्थानीयहरुले गरेको बन्दलाई प्रहरीको टोलीले खुलाएको छ ।
बुधबार दुई बालकको खाल्डोमा डुबेर मृत्यू भएपछि परिवारजन तथा स्थानीयवासी आन्दोलित थिय । प्रदर्शनकारीहरुको मागलाई पछि सम्बोधन गर्ने आश्वासन दिएपछि राजमार्ग खुलेको हो । ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी नीरिक्षक रामकुमार यादव, ईलाका प्रहरी कार्यालय ढल्केबरका टोली, सशस्त्र बेश क्याम्प सरसाका टोली र रघुनाथपुरको सँयुक्त टोलीको मोटो उपस्थितिमा राजमार्ग खुलाइएको हो ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ४ स्थित ग्राभेलको लागि खनेको खाल्टोमा डुबेर स्थानीय दुई बालकको मृत्यू भएपछि स्थानीयहरु आन्दोलनमा उत्रेका थिए । उनीहरुले मृतक परिवारलाई नगरपालिकाबाट क्षतिपूर्ती दिनुपर्ने, वार्ता समिति गठन गर्नुपर्ने, दोषीलाई कारवाही गर्नुपर्ने लगायतका माग राखी पूर्व पश्चिम राजमार्ग ठप्प पारेका थिए ।
जनप्रतिनीधिहरुको मिलामत्तोमा ग्राभेल र बालुवाको लागि खनेको खाल्टोमा डबुेर बुधबार दुई बालकको ज्यान गएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…