धनुषा : मन्त्रालयबाट १८ करोड माग सहित मृतक परिवारलाई जनही १ लाख
विभिन्न बाटो दिशा देखाउने साईनबार्ड लगाउने लगायतका निर्णयहरु पनि गरिएको हो ।

२०७६ साउन ७ मंगलबार, राति ८:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा बाढीको कारण मृत्यू भएको पीडित परिवारलाई विपद् व्यवस्थापन समिति धनुषाले जनही एक लाख रुपैयाँ दिने भएको छ ।
समितिले बाढीमा परी मृत्यु भएका ६ जना मध्ये तत्काल ३ जनाको परिवारलाई राहतस्वरूप एक–एक लाख रुपैयाँ दिने निर्णय गरेको हो । मंगलबार (आज) बसेको समितिको बैठकबाट जिल्लाभरिमा बाढीको प्रकोपका कारण ज्यान गुमाएमा उक्त ६ परिवारमध्ये तत्काल ३ पीडित परिवारलाई जनही एक-एक लाख रुपैयाँ राहत स्वरुप प्रदान गरिने विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कनेलले जनाए ।
उनका अनुसार, धनुषामा बाढीबाट मृत्यु भएका धनुषाधाम नगरपालिका–४ का ७० बर्षिय विपतिया चमार,मुखियापटी मुसहरनिया गाउँपालिका–१ का ६५ बर्षिय सियाराम यादव र गणेशमान चारनाथ नगरपालिकाका ७० बर्षिय भोला साहको परिवारलाई तत्काल एक–एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
यसका साथै नदी नियन्त्रण तथा तटबन्धनका लागि भौतिक पूर्वाधार तथा विकास मन्त्रालयबाट १८ करोड ९ लाख १७ हजार माग गर्ने, पीडितका नाम, ठेगानासहितको राहत विवरण कार्ड स्थानीय तहलाई उपलब्ध गराउने लगायतको निर्णय भएको जनाइएको छ ।
बैठकले बाढीबाट अबरुद्ध सडक तत्काल सञ्चालन गर्ने, राहत वितरणमा सहयोगका लागि विभिन्न बाटो दिशा देखाउने साईनबार्ड लगाउने लगायतका निर्णयहरु पनि गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…