राजपाको संयोजकमा राजकिशोर यादव चयन
राष्ट्रिय राजनीतिमा प्रभावशाली पात्र मानिएका नेता यादव मधेश र मधेशीको हकहितमा संसद तताउने नेता मध्ये एक मानिन्छन् ।

२०७६ साउन ५ आइतबार, राति ९:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपालको राष्ट्रिय राजनीतिमा प्रभावशाली तथा दिग्गज नेता मानिएका संघीय सांसद एवं राजपा नेता राजकिशोर यादव राष्ट्रिय जनता पार्टी (राजपा) को अध्यक्ष मण्डल संयोजकको जिम्मेवारी पाएका छन् ।
मधेश केन्द्रित दलहरु एकिकृत भएर बनेको राजपा नेपालको एकतामा समेत अहम भूमिका निभाएका नेता यादव राजपाको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी पाएका हुन् ।
अध्यक्ष मण्डलका संयोजक अनिलकुमार झाको अध्यक्षतामा सोमबार जनकपुरधाममा बसेको राजपा अध्यक्ष मण्डलको बैठकले यादवलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो । नेता यादव साउन ६ गते भोलि (सोमबार) देखि संयोजकको जिम्मेबारी निर्वाह गर्नेछन् ।
मधेशी दलबाट नेतृत्व गरेका नेता यादव विभिन्न समयमा भएको मधेश आन्दोलनमा ठूलो योगदान दिएका छन् । जनहितको लागि गरेका कार्य तथा मधेश र मधेशीको हकहितमा संसद तताउने नेता मध्ये उनी एक मानिन्छन् ।
सिरहा निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित सांसद यादव राजपाको संयोजक भएपछि बधाईको ओईरो लागेको छ ।
राजपाको अध्यक्ष मण्डलको चक्रीयप्रणाली अन्तर्गत यो सँगै राजपाका ६ जनै अध्यक्षले संयोजकको जिम्मेबारी निर्वाह गर्ने मौका पाएका छन् ।
राजपाको महाधिवेशन आगामी कात्तिकमा हुँदैछ । राजपा नेताहरु पार्टीको महाधिवेशनबाट एकल अध्यक्ष कायम गर्नेमा एकमत भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…