सरकारको जम्बो टोली हेलिकप्टरबाट आएर बाढी पीडितलाई 'आश्वासन' बाँडेर गए !
न्यूज ब्यूरो, रौतहट । केही दिन अघि आएको बिनासकारि बाढीबाट बढी प्रभावित रौतहट जिल्ला आएका पुर्वप्रधानमन्त्री सहित मन्त्री हरुको टोलि जनता पीडित जनता नभेटेर फर्किएका छन । बुधबार रौतहट आएका मन्त्रीहरु सहित सांसदको जम्बो टोलि हेलिकप्टरबाट अनुगमन गर्दै सुरक्षा निकायसँग क्षति र राहत तथा उद्धारको अवस्थाबार

२०७६ साउन १ बुधबार, बेलुकी ६:३२ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, रौतहट । केही दिन अघि आएको बिनासकारि बाढीबाट बढी प्रभावित रौतहट जिल्ला आएका पुर्वप्रधानमन्त्री सहित मन्त्री हरुको टोलि जनता पीडित जनता नभेटेर फर्किएका छन ।
बुधबार रौतहट आएका मन्त्रीहरु सहित सांसदको जम्बो टोलि हेलिकप्टरबाट अनुगमन गर्दै सुरक्षा निकायसँग क्षति र राहत तथा उद्धारको अवस्थाबारे बुझ्दै फर्किएका हुन। अनुगमनमा आएका मन्त्रीहरुको जम्बो टोली खाली हात आए र आश्वान दिएर फर्केको भन्दै रौतहटका बाढी पिडिहरुले आक्रोश पोखेका छन ।
पूर्वप्रधानमन्त्री माधव नेपाल, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा (बादल), भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन,पुर्व मन्त्री रौतहट क्षेत्र नं. ३ का सान्सद एव नेकपा प्रदेश नं. २ का अध्यक्ष प्रभु साह ,बिकास समितीका सभापती एव रौतहटकि सान्सद कल्यानि खडका लगायतको टोलीले बाढी प्रभावित क्षेत्र रौतहटको हेलिकप्टरबाटै अनुगमन गर्दै नेपाली सेनाको पुरेन्वा स्थित इन्द्र बक्स गणमा ओर्लिएर सुरक्षा निकायका प्रमुखसहित सरोकारवाला निकायका प्रमुखलाइ बोलाएर जिल्लाको वस्तु स्थितिबारे जानकारी लिइ फर्केका हुन।
पत्रकारहरु सङ संक्षिप्त्त कुराकानी गर्दै, पुर्व प्रधानमन्त्री नेपालले बर्सेनी बाढीको चपेटामा पर्दै आएको रौतहट पुर्व बगमती र पश्चिम बकैयाको बाढी विभिन्न गाउँ हुँदै सदरमुकाम नै बगाउने खतरा बढेकोले सरकार दिर्घकालि योजना साथ गम्भीर भएर लाग्न जरुरी रहेको उनले बताए ।
त्यस्तै टोलीमा रहेका गृहमन्त्री थापाले उद्धारको कार्य लगभग सकिएको बताउदै उनले भने,- "अब सरकार पुर्ननिर्माणतिर लागेको छ।’ ढुक्क हुनुस सरकार गम्भीर छ ।" त्यस्तै स्वास्थ्यमन्त्री यादवले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा नपुगेको ठाउँमा तत्काल स्वास्थ्य शिविर र आवश्यक चिकित्सकहरूको टोली पठाइने र तत्काल चन्द्रपुरमा स्वास्थ शिबिर क्याम्प लगाउने बताए।
त्यस्तै ऊर्जा मन्त्री पुनले बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न भागमा विद्युत आपूर्ति नै बन्द हुँदा स्थानीयलाई समस्या भएकोले यसको तत्काल समाधान हुने बताए।हाल सम्म रौतहटमा आठ जनाको शव फेला परेको छ भने दुई जना बेपत्ता रहेका छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…