कार्यमूल्यांकपछि मात्र भुक्तानी गरेपछि अधिकृत विरुद्ध खनिए मेयर सहित यी कर्मचारी
जबरजस्ती हुदै नभएको कामको भुक्तानीको लागि धम्कीपूर्ण भाषा प्रयोग गरेको कुरा खुलासा भएको हो ।

२०७६ असार ३१ मंगलबार, बिहान ९:२५ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको गरुडा नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत टेक राज पन्थीले भएको कामको मात्र मुलायांकन गरि भुक्तानी दिए पछि नगर प्रमुख इनु राय यादव सहित केही कर्मचारि र जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत बिरुद्ध खनिएका छन् ।
प्रमुख प्रसासकिय अधिकृत पन्थीले आर्थिक बर्ष २०७५/०७६ मा सम्पन्न सम्पूर्ण योजनाको नगर उप प्रमुख रंगिला देवी जयसवाल संयोजक रहेको अनुगमन समिति बाट अन्तिम मुल्यांकन गरि मात्र भुक्तानी दिए पछि नगर प्रमुख सहित केहिलाइ सो सिस्टम अपच भएको कुरा खुलासा भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत पन्थीका अनुसार आफुलाई मन्त्रालयले भ्रस्टाचार गर्न नभई समृद्ध गरुडा बनाउन पठाएको र आफु सुशासन,विधिको शासन, कानुनि राज्यको प्रत्याभूतिको लागि सरकारी सेवामा प्रवेश गरे देखि लागि परेकोले आफु रहुन्जेल गरुडामा भ्रस्टाचार सम्भव नरहेको बताएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत पन्थीलाई सोमबार बेलुका नगरप्रमुख यादवले आफ्नो कार्यकक्षमा आफ्नो योजनाको भुक्तानी नभए कुनै पनि योजनाको भुक्तानी हुन नदिने भनि भने पछि कार्यालय परिसर तनाबग्रस्त भएपछि सो कुरा बाहिरिएको हो। नगर प्रमुख यादव मर्यादित भए पनि उनका छोरा अनिल यादव , भतिजाहरु चुनचुन यादव,नबिन यादव,राम सिह यादव तथा उनका ज्वाई कामेश्वर यादव प्रमुख प्रशासकीय अधिकृत पन्थीलाई घेरा हाले जस्तो गरेर जबर जस्ती हुदै नभएको कामको भुक्तानीको लागि धम्कीपूर्ण भाषा प्रयोग गरेको कुरा बाहिरको हो ।
नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ठुलो घेरा रहेको सो नगरपालिकामा नगर प्रमुखका छोराले प्रमुख प्रशासकीय अधिकृत पन्थीलाइ सरकारी रकम तथा जनताको करको रकमको सोझै दुरुपयोग गर्न कुनै कसर बाकि राखेका थिएनन । पत्रकारहरुको समेत बाक्लो उपस्थितिमा नगर उप प्रमुख जयसवाल तथा प्रमुख प्रशासकीय अधिकृत पन्थी चिन्तित एबम तनाबपूर्ण मुद्रामा प्रस्तुत भएका थिए ।
नगर उपप्रमुख जयसवाल जनताले जुन इच्छा आकान्छाले आफुहरुलाई पठाएको त्यो पुरा गर्न सकिएन भने आफुहरु समाज प्रति उत्तरदायी हुन सक्दिन भनेर चिन्तित थिए भने प्रमुख प्रशासकीय अधिकृत पन्थी आफ्नो शब्दकोशको बाहिरको शब्द भ्रस्टाचार आफुबाट सम्भव नरहेको तथा जो सुकै जति सुकै दबाब दिए पनि ,जे गरे नि सम्भव नरहेको तथा समृद्ध गरुडा बनाउने अभियानमा सिमित व्यक्तिको स्वार्थ पूर्ति नहुदैमा अबस्थालाइ प्रतिकुल बनाएकोमा चिन्तित थिए ।
प्रमुख प्रशासकीय अधिकृत पन्थीका अनुसार जसले जति काम गरेको छ , मुल्यांकन भै सकेको अबस्था छ , सोहि अनुसार मात्र भुक्तानी सम्भव रहेको र आफु कसैको दबाबमा परेर अख्तियारको दुरुपयोग नगर्ने तथा भएको कामको भुक्तानी आफुले कुनै हालतमा नरोक्ने अडान राखेका छन् ।
नगर प्रमुख यादवका छोरालाइ चार पाङ्ग्रे गाडी सुबिधा , भतिजा हरुलाई मोटर साइकल सुबिधा लगायतका फजुल खर्च प्रमुख प्रसासकिय अधिकृत पन्थीले नगरे पछि नगर प्रमुख यादव नगरपालिकामा बिभिन्न बखेडा गर्दै आएका कर्मचारीले नाम नबताउने शर्तमा बताएका छन ।
नगर प्रमुख यादवको आसेपासेको अहिले गरुडा नगरमा सर्वत्र आलोचना भै रहेको छ तथा प्रमुख प्रशासकीय अधिकृत पन्थीको कारण गरुडा अहिले रौतहटमै उत्कृस्ट नगरपालिका रहेको , छोटो समयमा बिकासमा फडको मारेको तथा राज्य एबम जनताको करको पैसाको समुचित प्रयोग भएको भनि स्थानिय गौर्बान्बित छन् ।
अर्का तर्फ कार्यालयका खरिदार पदका कर्मचारी एव मेयर यादवका छोरा अनिल यादब आफू माथी लगाएको आरोप ग लत रहेको टिप्पणी गरेका छन ।यस सन्दर्भमा फोरमका नेता एव प्रदेश न दुइका प्रदेश कमिटी सद्स्य बृज यादबले खरिदार अनिल यादब माथी लागेको आरोप निराधार रहेको बताए ।
चुन्चुन यादब र नवीन यादब सहितका केहिले कार्यालयमा भैरहेको अबैध भुक्तानी रोक्न निवेदन दर्ता गराउन जादा तिनीहरुबिच उपप्रमुख साथै अधिकृत पन्थीको सामान्य भनसुन भएको दाबी गरेका छन। नेता यादबले सामान्य बिबादलाइ ठूलो इस्सु नबनाइ कार्यालयको काम काज प्रभावित नगर्न सबैलाई आग्रह गरे।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…