असारे विकासको चटारो : दुहबीमा हतारमा गरेको कामको हाल वेहाल !
न्यूज ब्यूरो, सुनसरी । सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ५ स्थित ढकाल चोकमा २ हप्ता अगाडी बनाइएको पक्की नाला निर्माण कार्य गुणस्तरहिन भएको भन्दै स्थानियहरु आक्रोसित भएका छन् । कोशि राजमार्गको साहय सडकमार्ग छेवमा बनाइएको पक्की नाला निर्माण कार्य अव्यवस्थित ढंगबाट गुणस्तरहिन काम गरेको भन्दै स्थानियहर

२०७६ असार २८ शनिबार, दिउँसो ४:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ५ स्थित ढकाल चोकमा २ हप्ता अगाडी बनाइएको पक्की नाला निर्माण कार्य गुणस्तरहिन भएको भन्दै स्थानियहरु आक्रोसित भएका छन् ।
कोशि राजमार्गको साहय सडकमार्ग छेवमा बनाइएको पक्की नाला निर्माण कार्य अव्यवस्थित ढंगबाट गुणस्तरहिन काम गरेको भन्दै स्थानियहरु आक्रोसित भएका छन् । पुरानो पक्की नाला न भत्काइ पुरानै नालामाथि सडक लेवल मिलाउँन इँटा थपेर पक्की नाला निर्माण कार्य गरेकोले नाला भत्केको स्थानियहरुले दावी गरेका छन् ।
अाफै पसल अगाडि यस्तो अबसथा देखेर पसलमा पानी समेत पसेको शम्भु टेन्ट हाउसका संचालकका भाइ भोला भगतले बताए ।स्थानियवासीहरुले आक्रोस पोख्दै भने ४ दिनको पानि सहन न सक्ने पक्की नाला बनाउने ठेकेदार र अनुगमन-निरीक्षण न गर्ने जनप्रतिनिधिहरुलाइ समेत कारवाही हुनुपर्छ ।
वडा नम्बर ५ का अध्यक्ष रमेश रौनियार संग फोन सम्पर्क गरदा उहाले पुरानै नाला माथि ३/४ इटा जोरेर हाइट गरेको हो पानी यति पर्दै छन भत्किएको यसमा के गरन सकिन्छ भनेर फोन जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…