कान्छो मेयरको 'रेस्क्यू टिम' कमलामा, बीचमै फँसेका ८ जनालाई जीवितै उद्धार !
निरन्तर बर्षाका कारण कमला नदी, कोशी , बलान नदी सहित अन्य शाखा नदीहरुमा बाढी आएको छ ।

२०७६ असार २८ शनिबार, दिउँसो २:३१ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मुलुककै कान्छो मेयर एवम् उनका टीमद्धारा कमला नदीमा फँसेका ८ जनालाई जिवितै उद्धार गरिएको छ ।
विगत ४ दिनदेखि निरन्तर परेको अबिरल बर्षाका कारण तराई मधेशको विभिन्न नदीहरुमा पानीको उच्च बहाब भएको छ भने आसपासका क्षेत्रहरुमा हाई अलर्ट जारी समेत गरिएको छ । धनुषा र सिरहा जोडने कमला नदीमा पनि पानीको बहाब उच्च भएपछि छेउछाउका गाउँहरुलाई अलर्ट जारी गरिएकोे हो ।
सो क्रममा शुक्रबारदेखि नै कमला नदीको बीचमा फँसकेका सिरहाका ४ जना र धनुषाका ४ जनालाई कान्छो मेयरको रेस्क्यू टिमद्धार जिवितै उद्धार गरिएको छ । सशस्त्र प्रहरी बल यदुकूहाका प्रहरी नीरिक्षक किस्मान तामाँगको नेतृत्वमा गएको रेस्क्यू टिमले कमला नदीको उच्च बहाबमा फँसेका ८ जनालाई उद्धार गरेको हो ।

सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं. ५ निरदानाका सुकदेव दास,कँचन मण्डल, रासिन्दर दास, कुनाई महतो र उनकी पत्नीलाई उद्धार टिमले उद्धार गरेका हुन् । धनुषाको शहिदनगर नगरपालिकाको मेयरको हैसियतले कमला नदी छेउमा समेत केही गाउँ नगरभित्र परेको भन्दै यदूकूहाका सुरक्षा निकायलाई विपद व्यवस्थापन सम्बन्धी समाग्रीहरु उपलब्ध गराएका थिए । आज सोही समाग्रीको सहयोगले ८ जनालाई उद्धार गर्न सफल भएको हो भने उद्धार कार्य जारी राखेको छ ।
यो पनि पढनुहोस् : 'शहिदनगर नगरपालिका विपद्सँग लडन तैयार छ' : मेयर बरबरिया
विपद व्यवस्थापन (डिजास्टर मेनेजमेन्ट) का प्रहरी नीरिक्षक प्रकाश भट्ट र ईलाका प्रहरी कार्यालय यदूकुहाका प्रहरी नीरिक्षक दिपक बाबु केशी सहितको टीम शसस्त्र प्रहरी बलका प्रहरी नीरिक्षक ( ईन्स्पेक्टर) किस्मान तामाँगले सक्रियता देखाएका हुन् ।
सोही क्रममा धनुषाको कमला नगरपालिका वडा नं. ७ हथमुण्डाका स्थानीय ४ जनालाई समेत उद्धार गरिएको छ । कमला नदीको बीचमा रहेको टापुमा घाँसको लागि गएको बेला अचानक आएको बाढीका कारण शुक्रबारदेखि नै फँसेका थिए । कमला नपा ७ हथमुण्डाका अमित महतो, रेशमा देवी महतो, सँतोषी सदा र अनार देवी सदा लाई जिवितै उद्धार गरिएको हो ।
केही दिन अघि मात्र शहिदनगर नगरपालिकाको कार्यालयबाट मेयर बरबरियाको पहलमा शसस्त्र प्रहरी बल यदुकूहाका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) किश्मान तामाँगलाई विपद व्यवस्थापन उद्धार समाग्रीहरुमा लाईफ ज्याकेट ५ थान, हेल्मेट ५ थान, थ्रो ब्याक २ थान (बाढीमा डुबिरेहेको बेला पीडितलाई बचाउनको लागि फोलेर उद्धार गर्न सकिने उपकरण) , टयुब २ थान (पानीमा तैरिने उपकरण), (रोप (डोरी) १ थान ५० मिटरको शक्तिशाली डोरी प्रदान गरिएको थियो ।
यस सन्दर्भमा न्यूज ब्यूरोसँग कुराकानी गर्दै मेयर बरबरियाले नगरपालिकाबाट सुरक्षा बललाई प्रदान गरिएको समाग्रीको यो भन्दा सहि सदुपयोग कत्तै हुनै नसक्ने प्रतिक्रिया दिए । उनले भने, आज जुन शसस्त्र प्रहरी बलका प्रनि किस्मान तामाँग जी ले जलवा देखाउनु भएको छ, त्यो आफैैँमा सराहनीय र प्रशंसनीय छ । उनको टिममा डिजास्टर मेनेजमेन्ट तालिम प्राप्त हाम्रा सहकर्मी सुरक्षाकर्मी प्रकाश भट्ट ज्यूले पनि अथक प्रयास गरेर ८ जनालाई उद्धार गर्न सहयोग गर्नुभयो । उहाँको जवानहरुले गरेको सहयोगको प्रशंसा जति गरे नी कम हुन्छ । वास्तवमा आज म धेरै खुसी छु की हामीले प्रदान गरेको उद्धार समाग्रीलाई ठिक ठाउँमा, ठिक समयमा सहि सही सदुपयोग भएको छ ।
उनले आगामी दिनमा समेत सुरक्षा बललाई नगरको जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरे । सो क्रममा शसस्त्र प्रहरी बल यदुकुहाका प्रनि तामाँगले मेयर बरबरियालाई पनि प्रशंसा गरे । उनले भने, उहाँको पहल र मिहिनेतले हामी पनि यति गर्न पाएका छौं, समाग्रीको अभावमा उद्धार गर्न कठिनाई मात्र होईन असम्भ जस्तो पनि हुनेथियो होला, तर उहाँले नगरपालिकाबाट प्रदान गरेको उद्धार समाग्रीलाई सदुपयोग गर्दै सफलता पनि हाँसिल गरेका छौं ।
निरन्तर बर्षाका कारण कमला नदी, कोशी , बलान नदी सहित अन्य शाखा नदीहरुमा बाढी आएको छ भने आसपासका क्षेत्रका गाउँहरुमा पानी समेत पसेको अवस्था छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…