• २०७६ असोज ६ गते, सोमबार

'शहिदनगर नगरपालिका विपद्सँग लडन तैयार छ' : मेयर बरबरिया

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेलको हातबाट विपद व्यवस्थापन उद्धार समाग्री हस्तान्तर गरेको हो । 


न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका विपद्सँग लडन तयार रहेको नगरका मेयर उदय कुमार बरबरियाले जनाएका छन् ।


विभिन्न समयमा आउने विभिन्न विपदासँग लडन शहिदनगरका सुरक्षाकर्मीहरु तैथान रहेको बताउँदै उनीहरुलाई विपद व्यवस्थापन उद्धार समाग्री प्रदान गरिएको छ । शहिदनगर नगरपालिकाको यदुकूहामा रहेको सशस्त्र प्रहरी बललाई विपद व्यवस्थापनको लागि चाहिने उद्धार समाग्री प्रदान गरिएको जनाइएको छ । 

 

करिब ५ लाख रुपैयाँको लागतमा मौसम र विपदालाई मध्यनजर गर्दै शहिदनगर नगरपालिकाले नगरपालिकाका नागरिकलाई सुरक्षाको प्रत्याभूति महसुस गराउन विपद व्यवस्थान उद्धार समाग्री तयार गरिएको मेयर बरबरियाले बताए । उनका अनुसार यसबाट सुरक्षाकर्मीहरुलाई विपदासँग जुध्न सहजता प्रदान हुनेछ । 

 


शसस्त्र प्रहरी बल यदुकूहाका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) किश्मान तामाँगलाई विपद व्यवस्थापन उद्धार समाग्रीहरुमा लाईफ ज्याकेट ५ थान, हेल्मेट ५ थान, थ्रो ब्याक २ थान (बाढीमा डुबिरेहेको बेला पीडितलाई बचाउनको लागि फोलेर उद्धार गर्न सकिने उपकरण), टयुब २ थान (पानीमा तैरिने उपकरण), रोप (डोरी) १ थान ५० मिटरको शक्तिशाली) डोरी प्रदान गरेको हो । 

 

यसका साथै, आगो लागेको बेला आगो निभाउन प्रयोग गरिने फायर ब्लान्केट १ थान, फायर एक्जीक्यूजर २ सिलिण्डर, क्याराबीना १० थान, र आगो लागेको ठाउँमा फाल्दा फिज निस्केर आफैँ आगो निभाउन सक्ने क्षमता भएको फायर बल ५ थान प्रदान गरिएको प्रहरी नीरिक्षक किश्मान तामाँगले जानकारी दिए । 

 

 

मौसमको प्रतिकुलतासँगै आउने बाढी पहिरो, नदी कटान, अबिरल बर्षाले हुन सक्ने जनधनको क्षतिलाई मध्यनजर गर्दै मेयर उदय कुमार बरबरियाले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेलको हातबाट विपद व्यवस्थापन उद्धार समाग्री हस्तान्तर गरेको हो । 

 

 

यी उपकरणको प्रयोगले परेको बेला नेपाल प्रहरीको जनपद प्रहरीसँग समेत समन्वय गरी प्रहरी कार्यालयको क्षेत्र भित्र पर्ने तथा चाहेको बेला अन्य ठाउँमा समेत आवयश्कता परे उद्धारको लागि यी समाग्री सहित सुरक्षाकर्मीहरु परिचालन गरिने जनाइएको छ । यी समाग्री सुरक्षाकर्मीहरुलाई प्रदान गरिएपछि सुरक्षाकर्मीहरुले समेत मेयर बरबरियाको प्रशंसा गरेका छन भने आम नागरिक समेत चौतर्फी प्रशंसा गरेका हुन् । 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...