कोशीको ३३ ढोका खोलियो, पानीको बहाब अहिलेसम्मकै उच्च !
अविरल वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै उच्च सतर्क रहन आग्रह गरिएको छ भने सुरक्षाकर्मीले समेत निरन्तर अनुगमन जारी राखेका छन् ।

२०७६ असार २८ शनिबार, दिउँसो २:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो । सप्तकोशी नदीमा पानीको बहाब उच्च भएपछि ३३ वटा ढोका खोलिएको छ ।
मुख्य नदी सप्तकोशी नदीको बहाब उच्च भएसँगै ३३ ढोका खोलिएको हो । कोशीमा पानीको अहिले बहाब २ लाख ४६ हजार ८ सय ३३ क्युसेक पुगेको जनाइएको छ ।
यो पानीको बहाब स्तरलाई अहिलेसम्मकै उच्च मानिएको छ । कोशी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।
पूर्वी पहाडी भेगमा लगातार पानी परिरहेकाले खतरा बढ्न भने सक्नेछ । नदिमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् ।
अविरल वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै उच्च सतर्क रहन आग्रह गरिएको छ भने सुरक्षाकर्मीले समेत निरन्तर अनुगमन जारी राखेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…