कमलाको बिचमै फसे मुखिया, हेलिकप्टरबाट उद्धारको तयारी !
सुतिरहेको अवस्थामै अचानक बाढी आउँदा उनको घर बगाएर लगेपनि आफै बचेर रुखमाथि चढेको हो ।
२०७६ असार २७ शुक्रबार, दिउँसो ३:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । धनुषा र सिरहाको बिचमा रहेको कमला नदीमा रातिदेखि नै एकजना हारगुहार गर्दैछन् ।
सिरहाको बन्दिपुर स्थित रहेको कमला नदिको छेउमा कुटि बनाएर बस्दै आएका सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर २ बस्ने स्थानीय गुद्रु मुखिया रातिदेखी नै फसेका छन् ।
पहिलेदेखि नै कुटि बनाएर बस्दै आएका मुखिया आफनै घरमा सुतिरहेको अवस्थामै अचानक बाढी आउँदा उनको घर बगाएर लगेपनि आफै बचेर रुखमाथि चढेको हो ।
मुखिया विहीबार रातिदेखि नै रुखमा चढेर हारगुहार मागिरहेको छ । यता, जिल्ला प्रहरी कार्यालय सिरहाले उद्घारको लागि पहल थालिएपनी उद्धारमा समस्या भएको जनाएको छ ।
उद्धार गर्न पुगेका टोली नदी किनारामै उभिएका छन् । भारी वर्षा भइरहेको कारण उधार गर्न कठिनाई भएको बताएको छ भने उनको उधारको लागि हेलिकप्टर मगाइने भएको छ ।
वर्षा र अत्यधिक बाढीका कारण उद्धार गर्न कठिनाई भएको सिरहा प्रहरी प्रवक्ता डिएसपी अपिलराज बोहराले बताए ।
उनले उद्धार गर्ने टोली परिचालन गरिएपनि नदीमा अत्यधिक बाढी रहेका कारण उद्धारमा समस्या भएपछि हेलिकप्टर मगाएर उद्धार गरिने तयारी गरिएको जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
विनय कु. यादव | सिरहा
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…