कमला नदीको बाढी बस्तीमा, घरघरमा पानी पस्ने खतरा !
सिरहा प्रशासनले कमला छेउ आसपासका आम सर्वसाधारणहरुमा अलर्ट जारी गरेको छ ।
२०७६ असार २७ शुक्रबार, दिउँसो २:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । अविरल वर्षासँगै कमला नदीमा आएको बाढी बस्तीमा पसेको छ ।
सिरहाको सिरहा नगरपालिका–६ स्थित कमला नदीको छेउमा अवस्थित बसपिट्टा गाउँमा कमलाको बाढी पसेको हो । बाढी गाउँमा पस्न थालेपछि रोक्नका लागि सुरक्षा टोली खटाइएको छ ।
स्थानीय प्रशासनले प्लाष्टिकको बोरामा माटो हालेर पानी बन्द गराउने काम गरिरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जानकारी दिए । सिँचाईका लागि निर्माण गरिएका ‘एन्टी फल्ड सुलुस’ अधुरै छोड्दा त्यहीबाट बाढी गाउँमा पसेको जनाइएको छ ।
लगातार चार दिनदेखिको अविरल वर्षाले कमलामा जलस्तर बढ्ने क्रम जारी छ भने पानीको सतह अझ बढे घरघरमा पानी पस्ने खतरा बढ्दै गएको छ ।
सिरहा प्रशासनले कमला छेउ आसपासका आम सर्वसाधारणहरुमा अलर्ट जारी गरेको छ । सम्भावित खतरालाई मध्यनगर गर्दै सुरक्षाकर्मीलाई पनि अलर्ट रहन निर्देशन दिइसकेको प्रजिअ अधिकारीले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
विनय कु. यादव | सिरहा
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…