दुई लाख ८५ हजार रुपैयाँ र १६ कौडी सहित पाँच जुवाडी पक्राउ
पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

२०७६ असार १८ बुधबार, राति ९:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । सुनसरीको दुहवी नगरपालिका- १२ बाट जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् ।
स्थानीय गंगा चौधरीको घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीवाट खटिएको प्रहरी टोलीले ईटहरी उप(महानगरपालिका वडा नं. १५ का ४४ बर्षीय श्रवण कुमार चौधरी, ग्रामथान गाउँपालिका वडा नं. ६ का ४० बर्षीय रुपेश कुमार तामाङ, ग्रामथान गाउँपालिका वडा नं. ५ का ४० बर्षीय लाल बहादुर चौधरी, गढी गाउँपालिका वडा नं. ३ का ४२ बर्षीय रमेश चौधरी र ३९ बर्षीय जोगेन्द्र उरावलाई पक्राउ गरेको हो ।
जुवाको खालबाट प्रहरीले १६ थान कौडा, गलैचा १ थान, कालो कपडा १ थान र नगद २ लाख ८५ हजार १ सय १४ रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…